आज मितिः २०८१ चैत्र ६ गते

चितवनको भरतपुरमा कृषक दिवस समारोह सम्पन्न

आशिष अधिकारी/ भरतपुर

चितवनको भरतपुरमा कृषक दिवस समारोह सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १४ मा बिहिवार सयुक्त कृषक दिवस समारोह सम्पन्न भएको हो ।

कृषकहरूलाई उत्पादनसग जोड्न र उत्पादन वृद्धि गर्ने उदेश्यले सयुक्त कृषक दिवस समारोहको आयोजना गरिएको हो । बिषादी रहित र अर्गानिक कृषि उत्पादनमा जोड दिनका लागि कृषकहरुमा जनचेतना जगाउने र घर घर सम्म बिषादी रहित तरकारी उत्पादन गर्न कृषकहरुलाइ प्रोत्साहन गर्नका लागि सयुक्त कृषक दिवस समारोहको आयोजना गरिएको भरतपुर महानगरपालिका कृषि तथा पशुपक्षि प्रबर्द्धन महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला पछिल्लो समय किसानमाझ प्रभावकारी बन्दै गएको छ ।

कृषिमा अधुनिक खेती प्रणाली भित्रिरहेका बेला भरतपुरका किसानहरु कृषक पाठशाला तर्फ आकर्षित भएका हुन् । भरतपुर महानगरपालिकाले कृषक पाठशाला कार्यक्रम राखिरहदा किसानहरुमा आधुनिक कृषि प्रविधि सम्बन्धी ज्ञान बढ्दै गएको पौडेल बताउनु हुन्छ ।

भरतपुर महानगरपालिका कृषि तथा पशुपक्षि प्रबर्द्धन शाखाको आर्थिक सहयोगमा संचालित युनाइटेड आइ पि एम कृषक पाठशाला भरतपुर १४,साना किसान आइ पि एम कृषक पाठशाला भरतपुर १४ र रारा आइ पि एम कृषक पाठशाला भरतपुर २१ ले सयुक्त रुपमा आयोजना गरेको कृषक दिवस समारोहमा १६ हप्ता सम्म १० वटा आइ पिएम पाठशालाका २ सय ५० जनाले तालिम लिएका हुन् ।

समारोहको उद्वघाटन गर्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरले कृषिमा क्रान्ति ल्याएको बताउनु भयो । बिकासको खाका सगै महानगरले कृषिमा पनि नयाँ बहुआयामिक खाका कोर्दै कृषि क्रान्ति तर्फ अगाडि बढिरहेको प्रष्ट पार्नुभयो ।

कृषिमा आमूल परिवर्तनको आबश्यकता रहेको उल्लेख गर्दै उप प्रमुख अधिकारीले बिषादी रहित अर्गानिक तरकारी उत्पादन गर्न तर्फ कृषकहरु उन्मुख हुन ढिला भइ सकेको समेत स्पष्ट पार्नुभयो ।

 

कृषकहरुलाई जानकारी तथा चेतना जगाई कृषकको क्षमता विकास गरी कृषि उत्पानदमा वृद्धि गर्नु पाठशालाको मुख्य उद्देश्य रहेको नगर उप प्रमुखको भनाइ छ ।

तपाईहरु अर्गानिक कृषि खेती तर्फ उन्मुख हुनुहोस् त्यसका लागि तपाईंहरुलाइ सहयोग र समन्वय गर्न महानगर हरपल हरक्षण तयार छ उप प्रमुखले भन्नुभयो,अब कृषिमा अब कायापलट हुन्छ भने चितवनको भरतपुर महानगर मै हुन्छ ।

कार्यक्रममा भरतपुर १४ का वडा अध्यक्ष राजेन्द्र शाखि, २१ का अध्यक्ष कृष्ण कुमार गुरुङ,कृषि तथा पशुपक्षि प्रबर्द्धन महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा पाठशालाहरुको तर्फबाट छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरिएको थियोे । कार्यक्रम युनाइटेड आइ पि एम कृषक पाठशालाका सयोजक विवेक सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.