काठमाडौं-
आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आयरल्याण्डलाई ८ विकेटले हराएको छ ।
हिजो अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराएको हो।
आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभले ३६ रन बनाए।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए।
आयरल्याण्डलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २/२ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १९१ विकेट लिए।