काठमाण्डौं-
अबदेखि पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड नबन्ने भएको छ । त्यहाँको सरकारले अब आप्रवासी सम्बन्धी कानुन नै परिवर्तनका लागि हाउसमा छलफल गर्नेछ । सरकारले छलफलपछि कानुनमा नै परिवर्तन ल्याउने प्रयास थाल्ने भएको छ ।
पोर्चुगल सरकारले रेसिडेन्सी कार्डका लागि आवेदन दिने सिष्टम नै सटडाउन भइसकेको जनाएको छ ।
पोर्चुगल सानो मुलुक र आप्रवासीको संख्या धेरै भएकाले स्थानीयलाई समेत शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधा लिन पनि प्रतिकूल बन्दै गएकोले पनि सरकारले त्यस्तो निर्णय गरेको हो ।
पोर्चुगलको सपना देखेर नेपालदेखि रोमानिया, माल्टा, क्रोएशिया जस्ता देशहरूका भिसा प्रक्रिया थालेका हजारौं नेपाली पनि प्रभावित बन्ने छन्।