स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा. सजन केसीको मुटु सम्बन्धी समस्याको कारण निधन
भरतपुर,३० भदौ । भरतपुर अस्पतालमा वरिष्ठ कन्सल्टेन्टको रुपमा कार्यरत स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ ४४ वर्षीय डा. सजन केसीको निधन भएको छ । मुटु सम्बन्धी समस्याको कारण उनको आइतबार काठमाडौमा निधन भएको छ। डा केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँ विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा १० औँ तहमा कार्यरत हुनुहुन्थ्यो । डा केसी बिरामीमाझ सहयोगी र मिलनसार चिकित्सकको रुपमा परिचित हुनुहुन्थ्यो ।डा. केसीको मृत्यु सम्भाव्य कारण पुरानो एओर्टिक एनोरिज्म च्यातिने वा फुट्ने कारणले हुन सक्ने उनको उपचार प्रकृयामा संलग्न एक चिकित्सकले बताए । चिकित्सकीय स्रोतका…