आज मितिः २०८३ बैशाख ६ गते

स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा. सजन केसीको मुटु सम्बन्धी समस्याको कारण निधन

भरतपुर,३० भदौ ।

भरतपुर अस्पतालमा  वरिष्ठ कन्सल्टेन्टको रुपमा कार्यरत  स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ  ४४ वर्षीय डा. सजन केसीको निधन भएको छ ।   मुटु सम्बन्धी समस्याको कारण उनको आइतबार काठमाडौमा निधन भएको छ। डा केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँ विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा १० औँ तहमा कार्यरत हुनुहुन्थ्यो । डा केसी बिरामीमाझ सहयोगी र मिलनसार चिकित्सकको रुपमा परिचित हुनुहुन्थ्यो ।डा. केसीको मृत्यु सम्भाव्य कारण पुरानो एओर्टिक एनोरिज्म च्यातिने वा फुट्ने कारणले हुन सक्ने उनको उपचार प्रकृयामा संलग्न एक चिकित्सकले बताए ।

चिकित्सकीय स्रोतका अनुसार  उनको मुटु बाट निक्लिने एओर्टा फुल्ने समस्या  (एनयुरिज्म) थियो । यस अघि समेत त्यही नशा च्यापिएर समस्या भएको थियो ।

यस पटक समेत यो समस्या फेरी देखियो उनको उपचार प्रकृयामा संलग्न एक चिकित्सकले भने छातीमा गार्हो भएर उनलाई विनायक अस्पालमा लगिएको थियो , त्यहाँ स्वास्थ्यमा सुधार नदेखिए पछि मनमोहन कार्डियो थोरािसक भास्कुलर एवं ट्रान्सप्लान्ट सेन्टरमा पठाइएको थियो ।

डा. केसीलाई अस्पताल पुर्याउदा उनको मुटु काम गरिरहेको थिएन ।  हामीकहाँ आउनु अघि बाटो मै निधन भएकोले  सिपिआर लगायतका प्रक्रिया गर्दा समेत फर्काउन नसकिएको उपचारमा संलग्न चिकित्सकले  बताए ।

 

 

 

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.