दुबईबाट इन्टरपोलले नोटिस जारी भएका ३ जनालाई पक्राउ
काठमाडौ - अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ। ठगीसम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका उनीहरूलाई दुबईबाट पक्राउ गरेर बुधबार नेपाल ल्याइएको हो। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका(४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा, काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन्। बोहोरा र बुढाथोकी ठगीसम्बन्धी मुद्दाका फरार प्रतिवादी तथा कार्की जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बोहोरालाई पक्राउ गर्न प्रहरी प्रधान…