आज मितिः २०८३ असार ५ गते

स्कारपिओ दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

दाङ-

दाङको तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षीय परवीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।

तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कारपियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य छन् ।

गाडीमा सवार सबै यात्रु तुलसीपुरका रहेका जनाउँदै प्रहरी निरीक्षक रानाले मृतकको शवलाई नेपाल ल्याउने तयारी गरिएको बताए।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.