आज मितिः २०८३ बैशाख १२ गते

शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन

चितवन –

शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति बुधबार रत्ननगरमा गठन गरिएको छ ।

निकट भविष्यमा अधिवेशन गर्ने गरी सम्पूर्ण सदस्यहरुको भेलाले सञ्जु जिसीको अध्यक्षतामा शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन गरिएको हो ।

 

 

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाको प्रमुख आतिथ्यता, टमिस अम्गाईंको विशिष्ट आतिथ्यता रहेको भेलाले सञ्जु जिसीको संयोजकत्वमा चितवन जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

समितिका सदस्यहरुमा सज्जन कायस्थ, सुवास गोले, विशाल लामा, सागर घिमिरे, सुजन बगाले, सुजन दंगाल, मेघनाथ न्योपाने, कदम श्रेष्ठ, सम्राटजंग केसी, सुमन सिलवाल, सागन रुपाखेती र सुरज घिमिरे चयन भएका छन् ।

भेलाले निकट भविष्यमा अधिवेशन गरी पदाधिकारीहरुको विभाजन गर्ने र यही चैत १५ गते केन्द्रीय राजधानी काठमाडौँमा हुन लागेको संयुक्त राष्ट्रवादी विरोध आन्दोलनमा सञ्जु जिसीको नेतृत्वमा चितवनबाट सक्रियतापूर्वक सहभागिता जनाउने निर्णय गरेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.