आज मितिः २०८३ असार २ गते

गणतन्त्रवादी र राजावादीको काठमाडौं उपत्यकामा जनप्रदर्शन 

Uddar News

काठमाडौं-

गणतन्त्रवादी र राजावादीले आज शुक्रबार काठमाडौं उपत्यकामा जनप्रदर्शन गर्दैछन्।

काठमाडौं उत्यकाका विभिन्न ठाउँबाट जुलुससहित भेला भएर सभा गर्ने दुवै पक्षको तयारी छ।

 

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा ९माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा०ले गरेका छन् भने राजावादीहरुको कमाण्ड मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सम्हाल्नेछन्।

 

दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ। गणतन्त्रवादीलाई सभा गर्न प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा ठाउँ तोकिएको छ।

 

सुरक्षाका लागि करिब २५ सय नेपाल प्रहरी खटिने बताइएको छ। सादा पोशाकका प्रहरीसमेत परिचालन हुनेछन्। सशस्त्र प्रहरीले पनि करिब १७ सय सुरक्षाकर्मी परिचालन गरिने बताएको छ।

 

यहीबेला एसईई परीक्षा पनि चलिरहेको छ। परीक्षा बिहान ११ बजे सकिने भएकोले त्यसपछि मात्र जुलस निकाल्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको प्रहरीको भनाइ छ। यहीअनुसार समाजवादी मोर्चाले १२ बजेपछि मात्र जुलुस सुरु हुने बताएको छ।

 

गणतन्त्रवादी र राजावादीले सडकमा कति मानिस उतार्छन् यसै भन्न सकिने अवस्था छैन। गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा उनको स्वागतमा करिब १५ हजार मानिस सडकमा उत्रिएको अनुमान छ। गणतन्त्रवादीको भने यो पहिलो प्रदर्शन हो। गणतन्त्रवादीको प्रदर्शन भनिए पनि यसमा समाजवादी मोर्चा मात्रै छ। एमाले र कांग्रेस यसमा सहभागी छैनन्। रवि लामिछाने नेतृत्वको रास्वपाले पनि दुवै पक्षको प्रदर्शनमा सहभागी नहुने बताएको छ।

 

प्रधानमन्त्री केपी ओलीले प्रदर्शन सामान्य हुने बताएका छन्। बिहीबार एक कार्यक्रममा उनले भने, ुबढाइचढाइ गर्न आवश्यक छैन। १०–१५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन्। तिललाई पहाड बनाइरहनु पर्दैन। एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ एउटा कोटेश्वरमा सभा हुन्छ। हुने त्यत्ति हो।’

 

राजावादी र गणतन्त्रवादीको जुलसबीच भेट हुन नदिने उद्देश्यले काठमाडौं प्रशासनले राजावादीहरुलाई रिङरोड ९चक्रपथ० भन्दा भित्र प्रवेश नै गर्न नदिने रणनीति बनाएको छ। यसैगरी समाजवादी मोर्चाको प्रदर्शनलाई भने रिङरोडभित्र सीमित गर्ने प्रयास प्रहरी प्रशासनको छ।

 

राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउनेछ।

 

अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिलबाट तीनकुने आउनेछ। यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ। कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउनेछ।

 

समाजवादी मोर्चाको जुलुस भने रिङरोड भित्रभित्रै भएर भृकुटीमण्डप पुग्नेछ। बबरमहल–माइतीघर, कुपन्डोल–थापाथली, सोह्रखुट्टे–पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने कार्यक्रम छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.