आज मितिः २०८३ बैशाख १२ गते

कालिका ३ को उदाहरणीय कामले स्थानीयमा खुशी

कालिका-

कालिका नगरपालिका वडा ३ को उदाहरणीय कामले स्थानीयहरु खुशी भएका छन् । वडा अध्यक्ष विरेन्द्र तामाङ र सदस्यहरु निकै सक्रिय रहेको र विकासमा अघि बढेको स्थानीयहरुले बताए ।


वडा ३ का सडकहरु कालो पत्रे, मन्दिर, गुम्बा र विद्यालयहरुमा भएको प्रगतिले वडावासी खुशी भएका हुन् ।
वडामा शिव मन्दिर , पेमा छ्योयोइलिङ बौद्ध गुम्बाले आकर्षण थपेको छ भने जनहित राष्ट्रिय माध्यामिक विद्यालयलाई स्तरीय बनाउनमा वडाको ठूलो देन रहेको छ । वडामा ठूलो क्षेत्रमा रहेको कम्पाउण्ड घेरिएको बौद्ध गुम्बाले पर्यटकलाई समेत आकर्षण गरेको स्थानीय रमेश वाईवाले बताए ।


यता जनहित विद्यालयका भवन, विद्यार्थीहरुको संख्या, शिक्षकहरुको लगनशिलताले स्थानीयहरु बोर्डिङमा भन्दा पढाई कम नभएको बताउँछन् । विद्यालयमा ४३३ विद्यार्थी रहेका छन् । ८ दरबन्दिका शिक्षक, १ अनुदान, ४ वाल विकाश शिक्षक र ५ निजिका शिक्षक रहेका प्रधानाध्यापक भरत राज रेग्मीले जानकारी दिनुभयो । निजि शिक्षकलाई वडाले नै बजेट दिएकोमा वडा अध्यक्ष र सबै परिवारलाई विशेष धन्यवाद व्यक्त गर्दै प्रधानाध्यापक रेग्मीले भन्नुभयो, हामीले अहिलेसम्म अरु संस्थाहरुलाई गुहार्नु परेको छैन वडा, नगर र प्रदेशले नै सहयोग गर्दै आएको छ ।


विद्यालयमा क्यान्टिन, पुस्तकालय,कम्यूटर कक्ष, २ अफिस गरि २१ कोठा रहेको विद्यालय व्यवस्थापन समिति सदस्य कोपिला पोखरेलले बताउनु भयो ।


विद्यालयमा २४३ जनजाती १४४ चेपाङ, ४४ दलित र अन्य २ जना अध्ययनरत रहेको प्रधानाध्यापक रेग्मीले बताउनु भयो ।
वडा नम्बर ३ लाई अझ कहाँ केको आवश्यक्ता रहेको छ त्यसको समाधान गर्दै जाने वडा अध्यक्ष विरेन्द्र तामाङ बताउनुहुन्छ । वडालाई नमुनाको रुपमा प्रस्तुत गरिने वडा सदस्य बुद्धि प्रसाद ढकालले बताउनु भयो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.