आज मितिः २०८३ बैशाख ५ गते

भरतपूर अस्पतालको बार्षिकोत्सव : रत्ननगरमा ९८ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

रत्ननगर, चैत १५ ।

भरतपूर अस्पतालको ६९ औं बार्षिकोत्सवको अवसरमा रत्ननगरमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । अस्पतालले आयुर्वेद तथा वैकल्पीक चिकित्सालय बकुलहरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

आयुर्वेद अस्पतालमा गरिएको स्वास्थ्य शिविरमा ९८ जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण पौडेलले जानकारी दिए । उनले शिविरमा विशिष्टीकृत नि:शुल्क स्वास्थ्य शिविरको साथै सन्तानको इच्छा पूगेका दम्पतीलाई स्थाईमा पुरुष बन्ध्याकरण र अस्थायीमा अन्य परिवार नियोजनका साधन उपलब्ध गराइएको जानकारी दिए । ५९ जना महिला र ३९ जना पुरुषले स्वास्थ्य परिक्षण गराएको शिविरमा न्यूरो मेडिसिन,फिजियोथेरापी तथा अकुपंचर,नेफ्रोलोजी,स्पाइनल,कार्डियोलोजी,अल्ट्रासान्ड ,युरोलोजी लगायतको सेवा उपलब्ध गराइएको थियो ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल,बकुलहर रत्ननगर अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवाली,भरतपुर अस्पताल बिकास समिति सदस्य प्रनिसा गुरुङ,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगर व्यवस्थापन तथा सञ्चालन समिति सदस्य मिना ढकाल लगायतको उपस्थिती रहेको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष राजेन्द्र अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा चिकित्सालयकी प्रमुख डा. कोपिला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम आयुर्वेद चिकित्सक डा. सुमन खनाल ले संचालन गरेका थिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.