प्रदेशमन्त्रीद्वारा फोहोर प्रशोधन उद्योगको निरीक्षण
रत्ननगर । बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकास श्रेष्ठले सफा उर्जा उत्पादन प्रा.लि. चितवनमा सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगको स्थलगत अबलोकन तथा निरीक्षण गरेका छन् । खैरहनी वडा नं ४ चैनपुरमा अबस्थित उद्योगको मन्त्री श्रेष्ठ सहित उद्योग बाणिज्य संघ मकवानपुरको अध्यक्ष प्रमोद सिंह रानाभाट र उपाध्यक्ष उज्वल चौलागाईँले समेत प्रशोधन उद्योगको अबलोकन गरेका हुन । सफा उर्जाका निर्देशक निर्णय पौडेलले मन्त्री श्रेष्ठ र व्यवसायीहरुलाई उद्योगमा स्वागत गरेका थिए भने सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले सफा उर्जाले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन र वाताबरण संरक्षणमा गरेका कामहरुको विषयमा मन्त्री तथा व्यवसायीलाई जानकारी गराएका थिए । उद्योगको अनुगमन…