आज मितिः २०८२ माघ १८ गते

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड

काठमाण्डौ-

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । यसै क्रममा बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

 

बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ ।

 

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.