चितवन-
माघे संक्रान्तीको अवसरमा दियालो आमा समूहको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि निःशुल्क चिया वितरण कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
नारायगढको गौरेश्वर पशुपति मन्दिर परिसरमा आयोजना गरिएको निशुल्क चियापान कार्यक्रममा नारायणी नदीमा मंकर संक्रान्तिको अवसर पारेर स्नान गर्न आउने भक्क्तजनहरुलाई लक्ष्ति गरी निशुल्क रुपमा चिया बितरण गरिएको दियालो आमा समूहको संस्थापक अध्यक्ष गिता श्रेष्ठले बताउनु भयो ।
कार्यक्रम दियालो आमा समूहका अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षता तथा शुभद्रा श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय बासिन्दाका साथै भक्तmजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस वर्षको कार्यक्रम संस्थाका नि–वर्तमान अध्यक्ष इन्दिरा घिमिरे तथा सचिव रुकमिणी घिमिरेकी सासुआमा एवं संस्थाकी सदस्य स्वर्गीय बिष्णु माया घिमिरेको पवित्र स्मृतिमा आयोजना गरिएको हो। कार्यक्रम घिमिरे परिवारको आर्थिक सहयोगमा सम्पन्न भएको अध्यक्ष शान्ति श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमका अवसरमा स्वर्गीय बिष्णु माया घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको चिरशान्तिको कामना गरिएको थियो। साथै, कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्णलाई दियालो आमा समूहले हार्दिक धन्यवाद व्यक्त गरेको छ।