आज मितिः २०८३ बैशाख ९ गते

युक्रेनको सैनिक हिरासतमा रहेका चितवन खैरहनीका सुजन सुवेदीको रिहाइको माग गर्दै शान्तिपूर्ण र्‍याली आयोजना हुने

चितवन –

युक्रेनको सैनिक हिरासतमा रहेका चितवनको खैरहनी नगरपालिका निवासी सुजन सुवेदीको रिहाइको माग गर्दै २०८२ माघ २ गते शुक्रबार भरतपुरको चौबिसकोठी क्षेत्रमा शान्तिपूर्ण र्‍याली आयोजना गरिने भएको छ। र्‍याली दिउँसो १२ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

केही वर्षअघि विद्यार्थी भिसामा उज्ज्वल भविष्यको सपना बोकेर रुस पुगेका सुवेदी युक्रेन–रुस युद्ध सुरु भएपछि आर्थिक अभावका कारण अन्यत्र रोजगारी नपाएपछि रसियन सेनामा आबद्ध भएका थिए। सेनामा सहभागी भएको केही महिनापछि उनी परिवारसँग सम्पर्कविहीन भएका थिए।

पछि एक युक्रेनी पत्रकारमार्फत आएको भिडियो सन्देश परिवारको ह्वाट्सएपमा प्राप्त भएपछि सुवेदी युक्रेनको सैनिक हिरासतमा रहेको जानकारी परिवारले पाएको थियो। उनका सहोदर भाइ सौजन सुवेदीका अनुसार सुजन विगत २ वर्ष ६ महिनादेखि हिरासतमा रहेका छन्।

परिवारले नेपाल सरकारबाट पर्याप्त कूटनीतिक पहल नहुँदा सुवेदी अझै हिरासतमा रहनु परेको दाबी गरेको छ।

सुजन सुवेदीको रिहाइका लागि आयोजना गरिन लागेको शान्तिपूर्ण प्रदर्शनबारे अभियानका सदस्य देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति प्राप्त भइसकेको छ। साथै, श्रेष्ठले सबै नागरिकलाई मानवीय आधारमा आन्दोलनमा सहभागी हुन अपिल गर्नुभएको छ।

सुवेदीको रिहाईको लागि चितवन सेवा समाज नेपालले पनि सम्बन्धित निकायमा जानकारी गराइसकेको छ । समाजका पूर्व अध्यक्ष समीर केसि र सदस्य सुवास सिलवालको उपस्थितिमा परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर जानकारी गराई रिहाईको माग समेत गरेका थिए ।

त्यस्तै संस्थाबाट सल्लाहकार प्रभा शर्मा पौडेल, अध्यक्ष लाल बहादुर भट्ट, आई आर अधिकारी, अर्जुन अधिकारी, सिता अधिकारी, अन्जु पौडेल मोहन खड्का, लक्ष्मण पौडेल लगायतले उनको घर परिवारसँग समन्वय गरी मन्त्रालयमा तुरुन्त रिहाईको अपील गरेका थिए ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.