आज मितिः २०८३ असार ४ गते

भारत सरकारले फागुन २१ गते हुने निर्वाचनका लागि १०६ वटा गाडी उपलब्ध 

Uddar News

काठमाडौं –

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई १०६ वटा गाडी दिएको छ।

 

भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्राण्डको गाडी निर्वाचन प्रयोजनका लागि उपलब्ध गराएको भारतीय दूतावसले जानकारी दिएको छ।

 

 

जसमा ४५ वटा स्कोर्पियो र ६१ वटा बोलेरो डबल क्याबिन पिक भ्यान रहेको छ। उक्त गाडी नेपालमा ल्याउन आवश्यक पर्ने करछुटका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ।

 

‘गाडी नेपाल भित्रिन तम्तयार अवस्थामा छन्। अर्थले कर छुटको निर्णय गरेर भन्सारबाट स्वीकृत पाउनेबित्तिकै गाडी नेपाल आउँछ’, दूतावासका एक प्रतिनिधिले भने।

 

 

सम्भवतस् अर्थले प्रक्रिया टुंग्याएको २र४ दिनभित्र ती गाडी नेपाल भित्रिने उनले बताए।

 

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत गाडी माग गरेको थियो। उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई गाडी उपलब्ध गराएको हो।

 

यो गाडी नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्ने पनि गृहका एक अधिकारीले बताए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.