आज मितिः २०८३ बैशाख ६ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी उमेदवार चयनमा

काठमाडौं –

 

यही माघ ६ गते देशभर राजनीतिक दलले उमेदवारी दर्ता गराउँदैछन् । लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी उमेदवार चयनमा अहिले व्यस्त छ ।

 

रास्वपाले आउँदो माघ ५ गते निर्वाचन केन्द्रित पहिलो चुनावी घोषणासभा जनकपुरमा गर्दै छ । उमेदवारी दर्ताका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा उमेदवारहरु पनि पुग्दैछन् । घोषणासभामा पहिलो पटक रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एउटै मञ्चमा देखिनेछन ।

 

रवि–बालेनसहित रास्वपाका चर्चित नेताहरु कहाँ कहाँबाट चुनावी मैदानमा उत्रिँदैछन् रु भन्ने चासो छ । रास्वपाका एक नेताका अनुसार, उमेदवार छनोट फाइनल नभए पनि मोटामोटी एकिन भइसकेको छ ।

 

सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ मा उमेदवार बन्ने पक्कापक्की नै छ । लामिछाने २०७९ को निर्वाचनमा सोही ठाउँमा दुई पटक विजयी भएका थिए । त्यस्तै, बालेन झापा–५ मा उमेदवारी दर्ता गर्ने अन्तिम तयारीमा छन् ।

 

बालेनको चुनावी क्याम्पेनका लागि उनको टोली झापा पुगेर सम्पर्क कार्यालय समेत खडा गरिसकेका छन् । झापा–५ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली सोही क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

 

माघ ३ वा ४ गते राजीनामा दिएर देश दौडाहामा बालेन जाँदैछन् । त्यस्तै, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल काठमाडौं क्षेत्र नम्बर – ९ र डा.स्वर्णिम वाग्ले तनहुँ –१ बाटै चुनाव लड्ने तयारीमा छन् । रास्वपा नेता शिशिर खनाल पुरानै निर्वाचन क्षेत्र काठमाडौं –६ बाट प्रतिस्पर्धा गर्नेछन् ।

 

त्यस्तै, हरि ढकालले चितवन –१ बाट उमेदवारी दिने तयारीमा रहेको रास्वपाका एक नेताले बताए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट विजयी भएकी रास्वपा नेता सोविता गौतम चितवन–३ बाट प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेकी छिन् ।

 

चितवन–३ सोविताको घर भएको क्षेत्र पनि हो । सोही निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकी मेयर रेनु दाहाल चुनाव लड्ने चर्चा हुँदै आएको छ । रेनु पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पुत्री हुन् ।

 

प्रचण्डले पनि सो निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । त्यस्तै, डा. तोसिमा कार्की ललितपुर –३ बाट प्रतिस्पर्धामा उत्रिने निश्चितजस्तै छ । रास्वपा नेता गणेश पराजुली काठमाडौं –७ र विराजभक्त श्रेष्ठ काठमाडौं –८ बाट चुनावी मैदानमा उत्रिने तयारी छ ।

 

रास्वपाका प्रवक्ता मनिष झा धनुषा –३, दिपक बोहोरा कञ्चनपुर –२ बाट उमेदवारी दर्ता गराउने तयारीमा छन् । त्यस्तै, बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाह अछाम –२ र सुनिल लम्सालले रुपन्देही –१ बाट उमेदवारी दिने तयारी गरिरहेको रास्वपा स्रोतले जानकारी दियो ।

 

बालेनपक्षबाट सागर ढकाललाई डडेलधुरामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गराउने तयारी छ । बालेनसँगको भेटमा डडेलधुराका लागि सागरको विकल्प नरहेको बताएका थिए । रास्वपाले उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा उमेदवार छनोटका लागि उपसमिति गठन गरेको थियो ।

 

उपसमितिलाई योग्य उमेदवार एवम् छनोट प्रक्रियासमेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय रास्वपाको केन्द्रीय समितिको बैठकले गरेको थियो । रास्वपाका सदस्यहरुले अनलाइनबाटै उमेदवारी दर्ता गराइरहेका छन् । उमेदवार बन्नेको संख्या धेरै भएकाले आन्तरिक प्रतिस्पर्धाबाट उमेदवार छनोट गर्ने रास्वपाले जनाएको छ ।

 

त्यस्तै, यसअघिको निर्वाचनमा समानुपातिकसहित २१ सिट जित हासिल गरेको रास्वपा चौथो ठूलो शक्ति बनेको थियो । रास्वपाले यसपटकको निर्वाचनमा १५१ सिट जितेर बहुमतको सरकार बनाउने दाबी गर्दै आएको छ ।

 

“उमेदवारको फाइनल भइसकेको छैन । तर, एकाध नेताबाहेक यसअघि निर्वाचित भइसकेका नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्नेछन् । उमेदवारका आकांक्षी अत्यधिक देखिएका छन् । छनोट गरेर सक्षम नेतृत्वलाई ल्याउने हो,” रास्वपाका एक नेताले भने ।

 

 

रास्वपाले आउँदो माघ ५ गते निर्वाचन केन्द्रित पहिलो चुनावी घोषणासभा जनकपुरमा गर्दै छ । उमेदवारी दर्ताका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा उमेदवारहरु पनि पुग्दैछन् । घोषणासभामा पहिलो पटक रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० एउटै मञ्चमा देखिनेछन् ।

 

पूर्वसहमति बमोजिम, रास्वपाले निर्वाचनपछिको संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उमेदवारको रुपमा बालेनलाई नै अघि सारेको छ । बहुमत ल्याउने दाबी गर्दै आएको रास्वपाले देशभरका सबै निर्वाचन क्षेत्रमा उमेदवारी दिने तयारी गरिरहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.