आज मितिः २०८३ बैशाख ६ गते

काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

Uddar News

काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ।

हिजो ९सोमबार० भने यो समय काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४.५ डिग्री सेल्सियसमा झरेको थियो।

आज पनि आधिकारिक तापक्रमका लागि फेरि उक्त समय पुनस् मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अघि बिहान सुरुवातमा लिइएको भन्दा थौरै घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.