चितवनमा आज सरिता इभेन्ट्सको विशिष्ट व्यक्तित्व सम्मान एवम् फेसन रन वे कार्यक्रम
चितवन- चितवनको भरतपुरमा सरिता इभेन्ट्सले आज विशिष्ट व्यक्तित्व सम्मान एवम् बेस्ट अफ समर फेसन रन वे सिजन टु आयोजना गर्दै छ । इभेन्ट्सकी संयोजक सरिता आचार्यले विभिन्न बिधामा विशिष्ट व्यक्तिलाई सम्मान गर्न लागिएको जानकारी दिइन् । सम्मान तथा फेसन रन वे कार्यक्रम यज्ञपुरीस्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा हुँदै छ । भरतपुर भ्रमण वर्ष २०२४ र नेपालीहरुको महान चाड बडा दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको आचार्यले बताइन् । सम्मान कार्यक्रम तथा बेस्ट अफ समर फेसन रन वे सिजन–२ साथै साँस्कृतिक कार्यक्रम पनि रहने छ । यसको लागि भिआईपी टिकट शुल्क एक हजार रुपैयाँ…