आज मितिः २०८१ आश्विन २० गते

भजन र आमा समुहलाई बाध्यवादन सामग्री वितरण

रत्ननगर –

चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका भजन समूह र आमा समुहलाई बाध्यबादन सामग्री प्रदान गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट सो वडाले गणेश मन्दिर सहित तीन वटा भवन समुह र दुईवटा आमा समुहलाई बाध्यबादन सामग्री वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।

सरस्वती भजन समुहलाई पोसाक, त्रिशक्ति आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, अन्नपूर्ण भजन समुहलाई स्पिकर र पञ्जज्योति आमा समुहलाई तथा सरस्वती आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल लगायतका बाध्यबादन सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

सोही अबसरमा वडा भित्रका फुटबल टिमलाई पोसाक र जुत्ता प्रदान गरिएको छ । वडाध्यक्ष तामाङले धर्म संस्कृतिको संरक्षणसंगै युवा पुस्तामा परम्परागत संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले वडा भित्रका आमा समूह र भजन समुहलाई संस्कृतिक सामग्री वितरण गरिएको बताए । हामी धर्म र संस्कृतिको हिसावले धनी छौं उनले भने यसलाई जोगाई राख्ने दायित्व स्थानीय सरकारको हो ।

वडा सदस्यहरु इमप्रसाद पन्त, शिवप्रसाद तिवारी, लिलादेवी पोखरेल, रुकमाया परियार, लगायतले उपस्थिति रहेको थियो । सो वडा कार्यालयले केही दिन अघि १५ जना सुत्करी तथा गर्भवतीलाई कुखुराको भाले सहित पोष्टिक आहार र आपाङ्गता भएका जीवन घलानलाई इलेक्टिक ह्विलचियर प्रदान गरेको थियो । त्यसैगरी सो वडाले गोरखकाली भजन समूह, शिवज्योति भजन समुहलाई राष्ट्रिय पोसाक वितरण गरेको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.