आज मितिः २०८२ जेष्ठ ३२ गते

गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक

काठमाडौं –

गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

 

निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ । गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ । गीतको अडियो र भिडियो दुवै सशक्त छ ।

 

गीतको भिडियो भूपेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बसोवास गर्दै आउनुभएका तिम्सिनाले धेरै नेपाली गीत गाउनुभएको छ भने केही हिन्दी गीतमा समेत स्वर दिनुभएको छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.