आज मितिः २०८२ बैशाख ५ गते

चितवन सेवा समाज अससको भदौ १५ गते तिज गित प्रतियोगिता हुने

चितवन-

हरितालिका तिजको अवसरमा रत्ननगर नगरपालिकाको सौराहाचोकमा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले जिल्ला स्तरीय तिज गित प्रतियोगिता गर्ने भएको छ । दर्जन शाखा विदेशमा रहेको संस्थाको केन्द्रीय कार्यालय चितवनले भदौ १५ गते सौराहाचोक स्थित होटल गंगोत्रीमा तिज गित प्रतियोगिता गर्न लागेको हो ।

 

प्रतियोगितामा सहभागीताको लागि जिल्लाबाट १६ समूह दर्ता भइसकेको कार्यक्रम संयोजक एवं लोक तथा दोहारी गायक नेत्रजी पन्तले जानकारी दिनुभयो ।

 

प्रतियोगिताको प्रथम पुरस्कार नगद ३३ हजार रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार नगद २२ हजार, तेस्रो पुरस्कार नगद ११ हजार र सान्त्वना पुरस्कार नगद ५ हजार रुपैयाँ र साथमा प्रमाणपत्र पनि दिइने संयोजक पन्तले जानकारी दिनु भयो ।

प्रतियोगिताको प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा रहेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.