आज मितिः २०८३ बैशाख ८ गते

सहकारी छानबिन समितिले छवि र रविलाई सोधपुछका लागि बोलायो

काठमाडौं-

 

गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छविलाल जोशी र रास्वपाका सभापति तथा सांसद रवि लामिछानेलाई सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ।

लामिछानेभन्दा पहिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छविलाल जोशीलाई सोधपुछमा बोलाइएको समिति सचिवालयले जानकारी दिएको छ।

स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि आज शुक्रबार उपस्थित हुन भनेको हो।

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि आज शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको समिति सचिवालयले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.