आज मितिः २०८३ आश्विन १ गते

ताजा अपडेट

तीन सल्लाहकार नियुक्त गर्दै ऊर्जामन्त्री श्रेष्ठ

तीन सल्लाहकार नियुक्त गर्दै ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका हुन् । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन्। यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए। नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन्। मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र…
Read More
जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।पत्रकार श्रेष्ठ बुधबार राति पक्राउ परेका थिए । उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।विहिबार न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् ।
Read More
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं - जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ। ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उनलाई पक्राउ गरिएको हो। श्रेष्ठको पक्राउको विरोधमा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू काठमाडौं प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरे। पत्रकारहरूले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न…
Read More
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेट्सवे इण्टरनेशनल कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत ललितपुर महालक्ष्मी नगरपालिका(७ बस्ने २९ वर्षीय प्रतिक बुढाथोकी, ललितपुर महानगरपालिका(२ बस्ने महालक्ष्मी नगरपालिका(१० घर भएका ३९ वर्षीय सन्त बहादुर लामा र काठमाडौं तारकेश्वर नगरपालिका(४ बस्ने गोरखा आरूघाट गाउँपालिका(५ घर भएका ३१ वर्षीय रमेश धमला रहेका छन् । पक्राउ मध्ये प्रतिकले जापान पठाइदिन्छु भन्दै १ सय १५ जना पीडितहरूबाट २ करोड ८० लाख रूपैयाँ, सन्त बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र रमेशले सर्विया पठाइदिन्छु भन्दै १…
Read More
कप्तान मेस्सी फुटबलबाट सन्यास लिने संकेत

कप्तान मेस्सी फुटबलबाट सन्यास लिने संकेत

कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । पिताको निधनपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेस्सीले भनेका छन, ‘बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ ।’ उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन् । मेस्सीले भनेका छन्, ‘आफूले जीवनभर फुटबल खेलेपनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन ।’ पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू…
Read More
रातो जङ्गली च्याउसहित एक जना पक्राउ

रातो जङ्गली च्याउसहित एक जना पक्राउ

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिँजा गाउँपालिका–५, जुम्ला घर भई हाल सुर्खेत बस्ने चन्द्राकली बुढा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको एउटा बसलाई स्थानीय सुब्बाकुना चेकपोस्टमा जाँच गर्ने क्रममा बसमा रातो जङ्गली च्याउ फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बसको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको थियो । च्याउको तौल ७४ केजी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिनुभयो । पक्राउ परेकी बुढामाथि थप अनुसन्धान भइरहेको…
Read More
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

म्याग्दी- आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर ९नाम परिवर्तन०ले क्युआरमा मागेअनुसारको रकम पठाइदिनुभयो । “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा फेसबुक ह्याक गरेर अर्कैले पैसा मागेको थाहा भयो,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा आएको सन्देशको पुष्टि नगरी हतारमा पठाएको पैसा गुम्यो ।” अन्नपूर्ण गाउँपालिकाका सन्देश रोका ९नाम परिवर्तन०ले सामाजिक सञ्जालमा देखेको भरमा ‘आइफोन’ किन्नका लागि भनेर रु दुई लाख ‘क्युआर’ पठाइदिनुभयो । “पैसा पठाएपछि विज्ञापनमा भएको सम्पर्क नम्बर स्विच अफ भयो, ‘पेजनै डिएक्टीभ गरिदियो’,” उहाँले भन्नुभयो, “भएको पैसा पनि गयो, आइफोन प्रयोग गर्ने मेरो सपनालाई ठगले चकनाचुर बनाइदियो ।” बेनी…
Read More
आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाण्डौं- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती,…
Read More
सरकारमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको रास्वपाका सभापति लामिछाने भनाई

सरकारमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको रास्वपाका सभापति लामिछाने भनाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सरकारमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताएका छन् ।बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताएका ह्न्। माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको उनको भनाइ रहेको थियो । नागरिकलाई निराश बनाउने बानी परेको अवस्थामा कसैले पनि तृप्त पार्न नसक्ने भन्दै उनले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए। लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे। अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न…
Read More
गाउँपालिकामा कार्यरत लेखा अधिकृत भट्टराई र इन्जिनियर खड्का घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा

गाउँपालिकामा कार्यरत लेखा अधिकृत भट्टराई र इन्जिनियर खड्का घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा

इलाम- इलामको चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मीलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्का घुस लिएको आरोपमा अख्तियारकले नियन्त्रणमा लिएको छ । इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि दुस्ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले निज इन्जिनियर डिल्ली राज खड्कालाई सेवाग्राहीबाट छ लाख रूपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला इलाम, चुलाचुली गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईको आपसी मिलेमतो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.