काठमाडौं-
जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
पत्रकार श्रेष्ठ बुधबार राति पक्राउ परेका थिए । उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
विहिबार न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् ।