आज मितिः २०८३ श्रावण २८ गते

तीन सल्लाहकार नियुक्त गर्दै ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं –

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका हुन् ।

मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन्। यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए। नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन्।

मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिनेछन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.