आज मितिः २०८३ आश्विन २ गते

ताजा अपडेट

राज्यले गर्नुपर्ने काम लक्की मिडियाले गरेको छ : उपप्रमुख अधिकारी 

राज्यले गर्नुपर्ने काम लक्की मिडियाले गरेको छ : उपप्रमुख अधिकारी 

चितवन - भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम लक्की मिडिया हाउसले गरेको बताउनु भएको छ । लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा प्रमुख अतिथिको मन्तव्य राख्दै अधिकारीले राज्यको निकाले गर्ने काम निजी क्षेत्रले गरेको भन्दै मिडिया हाउसको प्रशंशा गर्नुभयो ।     यस्तो आर्थिक मन्दिको समयमा पनि निजी क्षेत्रबाट कलाकारको हौसला प्रवद्र्धनमा भूमिका खेल्नु सकारात्मक काम भएको उहाँको भनाइ थियो । राष्ट्रिय स्तरका कलाकारलाई विभिन्न विधामा सम्मानित गरी उत्प्रेरणा गर्नु प्रशंशनीय काम भएको उहाँले बताउनुभयो । देशको कला र संस्कृतिको संरक्षणमा लक्की मिडियाले हाउसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ…
Read More
SEE २०८१: भगवती मावि मिर्मीको ८२.६% सफलता र कालीगण्डकीका विद्यालयहरूको सन्तोषजनक प्रगति

SEE २०८१: भगवती मावि मिर्मीको ८२.६% सफलता र कालीगण्डकीका विद्यालयहरूको सन्तोषजनक प्रगति

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा राष्ट्रव्यापी रूपमा नतिजा उत्साहजनक देखिएको छ। शुक्रबार सार्वजनिक नतिजाअनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० GPA हासिल गरेका छन्। अघिल्लो वर्षको ४७.८६% उत्तीर्ण दरको तुलनामा यस वर्ष ६१.८१% सफलता दर कायम हुनु उल्लेखनीय प्रगति हो। स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–७, मिर्मीस्थित भगवती माध्यमिक विद्यालयले ८२.६% सफलता दरसहित प्रेरणादायी प्रदर्शन गरेको छ। विद्यालयका ४६ जना परीक्षार्थीमध्ये ३८ जना उत्तीर्ण भएका छन्। तीमध्ये प्रतीक भट्टराईले ४.० GPA हासिल गर्दै विद्यालयको शैक्षिक उचाइमा ऐतिहासिक योगदान गरेका छन्। गत वर्षको तुलनामा यस वर्षको सुधारले विद्यालयको अध्यापन प्रणालीमा गुणात्मक प्रगति भइरहेको प्रमाणित गर्छ। यस्तै गरी, कालीगण्डकी गाउँपालिकाभित्रका…
Read More
हिरा र सरस्वतीको दुःख कहाँ जान्छर धोएर भिडीयो युट्युवमा सार्वजनिक

हिरा र सरस्वतीको दुःख कहाँ जान्छर धोएर भिडीयो युट्युवमा सार्वजनिक

मलेसियामा काम गर्दै आएकी सरस्वतीको जीवन कथामा आधारित गीतको भिडियो युट्युव च्यानलमा सार्वजनिक भएको छ। हिरा रनपाल र सरस्वती छन्त्यालको सुमधुर आवाजमा रहेको भिडियो शुक्रबार हिरा रनपालको युट्युब च्यानलबाट सार्वजानिक भएको हो। लामो समयदेखि मलेसियामा काम गर्दै आएकी सरस्वतीलाई आफ्नै श्रीमानले झुट्टो आरोप लगाएका थिए। अनि अन्तत उनी जेलमा जान्छिन्। झुटको आरोपमा जेल बसेकी उनलाई साथीहरुको सहयोगमा वकिल लगाएर निकालिन्छ। उनले आफ्नो श्रीमानको ज्यादती कहानी सुनाए पछि बिष्णु भण्डारीले शब्द तयार गरेका छन् भने सरस्वतीको लयमा भिडियो तयार गरिएको छ। धन बहादुर तमाङलद्धारा निर्देशन गरेको भिडियोमा जीवन पासाको मेक अप रहेको छ । त्यस्तै सिनेमटोग्राफर अमित विकको रहेको छ भने…
Read More
आज साँझबाट देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज साँझबाट देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ- शनिबार साँझबाट देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   १४ गते शनिबार साँझदेखि १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,ु महाशाखाको बुलेटिनमा भनिएको छ।   वर्षाका कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने,…
Read More
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा,विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बाढीको जोखिममा रहेका घरमा रातो झण्डा,विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कञ्चनपुर- टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन्। झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन्। बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ। यहाँका स्थानीयहरूले विपद्सँग जुध्न गरेको पूर्वतयारीको एउटा अभ्यास हो। जसले उनीहरूलाई विपद्मा खोज तथा उद्धार गर्दा कसलाई बढी प्राथमिकता दिने भन्ने सङ्केत गरेको छ। “यहाँका सबै घरमा रातो झण्डा गाडिएको छ बालबालिका भएको घरमा बालबालिकाको चित्र, अपाङ्ग भएकाका घरमा अपाङ्गताको चित्र र बालबालिका र वृद्धवृद्धा नभएका घरमा सादा झण्डा राखिएको छ।” यहाँका स्थानीय रुपा सुनारले भनिन्, “बाढी आएको बेला यहाँ उद्धारमा आएकालाई कुनलाई प्राथमिकता दिने र उद्धार गर्न सजिलो हुन्छ।” तीनतिर जोगबुडा…
Read More
मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।…
Read More
एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

चितवन भरतपुर महानगरपालिका वडा नं. १२ स्थित हाम्रोटोल टोल विकास संस्थाको आयोजनामा अषाढ १२ गते बिहिबार एक दिने "आधारभूत प्राथमिक उपचार तालिम" सम्पन्न भएको छ। टोल विकास संस्थाको हलमा आयोजित उक्त तालिम विहान ११ बजेबाट सुरु भएको थियो। तालिमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित बहादुर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा १२ नम्बर वडा अध्यक्ष श्री लेखराज पन्तको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भरतपुर महानगरपालिकाको विपद तथा वातावरण व्यवस्थापन महाशाखाका प्रमुख विस्सु राम कुँवर सहभागी हुनु भएको थियो। कार्यक्रममा अन्य अतिथिहरूको रूपमा हाम्रोटोल आमा समूहकी अध्यक्ष गंगा रिजाल, संस्थाका भूतपूर्व अध्यक्ष नारायणदत्त त्रिपाठी हुनुहुन्थ्यो । प्रमुख प्रशिक्षक तथा…
Read More
देशभर मनसुनी वायुको प्रभाव, हल्का देखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- मनसुनी वायुको प्रभाव हाल देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…
Read More
अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु- निकिता लामिछाने

अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु- निकिता लामिछाने

चितवन- रवि लामिछानेकी पत्नि निकिता लामिछानेले अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन छिट्टै चितवन आउने बताएकी छन् । उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकि छन् - एउटा प्रश्न बाट शुरू गर्छु ः यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरु यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरुलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउछन् ? आज असार ७ गते, सिङ्गो देशलाई साक्षी राखेर मेरो श्रीमानले आफ्नो नेतृत्वमा एउटा सपना जन्माएको दिन । तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको छ। जबरजस्ती कहिँ ठगी, कहिँ सहकारी ठगी, कहिँ संगठित अपराध रे अनि सम्पत्ति शुद्धिकरण…
Read More
चितवनको भरतपुरबाट तास खेलिरहेका ६ जना समातिए

चितवनको भरतपुरबाट तास खेलिरहेका ६ जना समातिए

चितवन- चितवनमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरू छन् । तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनिहरुबाट नगद ३३ हजार ९६० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.