आज मितिः २०८३ बैशाख ५ गते

देशभर मनसुनी वायुको प्रभाव, हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं-

मनसुनी वायुको प्रभाव हाल देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति ९पछिल्लो ६ घन्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै उल्लेख्य वर्षा भएको छ। एक–दुई वटा केन्द्रका धेरै भारी, भारी वर्षा भएको छ भने अधिकांश केन्द्रमा मध्यम वर्षा मापन भएको छ।

विभागका अनुसार पछिल्लो ६ घन्टामा गोरखाको एग्रोमेटमा १०३ मिलिमिटर वर्षा भएको छ। चितवनको चर्छरे केन्द्रमा १०९.४, कपिलवस्तुको भगवानपुरमा १०९.६ मिलिमिटर वर्षा भइको छ।

अर्घाखाँचीको राङसिङमा ९६.४, बाराको रजुवामा ८१.८, झापाको दमकमा ७२.२, सप्तरीको रुपनी बजारमा ६३.४ मिलिमिटर वर्षा भएको छ। नवलपरासीको देउराली केन्द्रमा ६७.२ मिलिमिटर वर्षा भएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.