मलेसियामा काम गर्दै आएकी सरस्वतीको जीवन कथामा आधारित गीतको भिडियो युट्युव च्यानलमा सार्वजनिक भएको छ।
हिरा रनपाल र सरस्वती छन्त्यालको सुमधुर आवाजमा रहेको भिडियो शुक्रबार हिरा रनपालको युट्युब च्यानलबाट सार्वजानिक भएको हो।
लामो समयदेखि मलेसियामा काम गर्दै आएकी सरस्वतीलाई आफ्नै श्रीमानले झुट्टो आरोप लगाएका थिए। अनि अन्तत उनी जेलमा जान्छिन्। झुटको आरोपमा जेल बसेकी उनलाई साथीहरुको सहयोगमा वकिल लगाएर निकालिन्छ।
उनले आफ्नो श्रीमानको ज्यादती कहानी सुनाए पछि बिष्णु भण्डारीले शब्द तयार गरेका छन् भने सरस्वतीको लयमा भिडियो तयार गरिएको छ।
धन बहादुर तमाङलद्धारा निर्देशन गरेको भिडियोमा जीवन पासाको मेक अप रहेको छ । त्यस्तै सिनेमटोग्राफर अमित विकको रहेको छ भने राजेश कुमारले अडिट गरेका छन् ।
हेर्नुहोस् पूरा भिडीयो:-