चितवन-
चितवनमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरू छन् । तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
उनिहरुबाट नगद ३३ हजार ९६० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।