चितवन –
भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम लक्की मिडिया हाउसले गरेको बताउनु भएको छ । लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा प्रमुख अतिथिको मन्तव्य राख्दै अधिकारीले राज्यको निकाले गर्ने काम निजी क्षेत्रले गरेको भन्दै मिडिया हाउसको प्रशंशा गर्नुभयो ।
यस्तो आर्थिक मन्दिको समयमा पनि निजी क्षेत्रबाट कलाकारको हौसला प्रवद्र्धनमा भूमिका खेल्नु सकारात्मक काम भएको उहाँको भनाइ थियो । राष्ट्रिय स्तरका कलाकारलाई विभिन्न विधामा सम्मानित गरी उत्प्रेरणा गर्नु प्रशंशनीय काम भएको उहाँले बताउनुभयो । देशको कला र संस्कृतिको संरक्षणमा लक्की मिडियाले हाउसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।
कलाकारले देशको संस्कृति, भाषा, भौगालिकतालाई जोड्ने भूमिका खेलेका भन्दै उनीहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने अधिकारीको भनाइ छ । उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न ११ वटा विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, समाजमा विशिष्ट योगदान पुर्याउने फरक क्षेत्रका नौ जनालाई व्यक्तिलाई समेत सम्मानित गरिएको आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो ।