आज मितिः २०८३ असार २ गते

ताजा अपडेट

सुन ३०० र चाँदी ३५ रुपैयाँले बढ्यो

सुन ३०० र चाँदी ३५ रुपैयाँले बढ्यो

काठमाडौं- बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७४५ कायम भएको छ। हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो। गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो…
Read More
उद्धारकर्मी खड्का सम्मानित

उद्धारकर्मी खड्का सम्मानित

काठमाण्डौ- उद्धार मीडिया प्रालिकी निर्देशक तथा मार्केटिङ मेनेजर गंगा देवी खड्का सम्मानित हुनु भएको छ । प्रालिको स्थापना कालदेखि नै निर्देशकको भूमिकामा रहदै आउनु भएकी खड्का आईतबार सगरमाथा प्रतिष्ठान नेपालबाट महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ बाट सम्मानित हुनु भएको हो । सामाजिक सेवाको क्षेत्रमा विगत २५ बर्षदेखि निरन्तर क्रियाशिल रहि राष्ट्र र जनताको सेवामा समर्मित उक्त संस्थाले करीब २ दर्जन महिलालाई सम्मानित गर्दै आएको छ । पेशागत महिला उद्यमी व्यवसायि, राजनिती, धार्मीक, शैक्षिक,पर्यटन, कृषि, उर्जा बैकिंङ, सहकारी स्वास्थ्य खेलकूद, साँस्कृतिक, कला साहित्य, अग्रज अभियन्ता लगायतलाई देश विदेशसम्मका व्यक्ति बिशेषलाई संस्थाले सम्मानित गर्दै आएको छ । खड्काले विभिन्न सामुदायिक विद्यालयमा पोशाक…
Read More
बजेट अधिवेशन आजदेखि सुरु हुँदै

बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं- सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ। कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३:४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष  सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ।
Read More
चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

काठमाण्डौं- सिन्धुलीमा हिजो शनिबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका(४ पाखाभित्ता बस्ने वर्ष ७० का पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।   मकै बारीमा घाँस काट्न गएका बुढाथोकी बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।      
Read More
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

चितवन- जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ ।   जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको शनिबार बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने निर्णय गरेको हो ।   प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई सात दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ । सोअनुसार दर्ता भएका एम्बुलेन्सले १५ दिनभित्र जिपिएस प्रणाली जडान गरी त्यसको जानकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । विवरण…
Read More
विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान

विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं- विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ।
Read More
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा गठबन्धनको जीत, तीन सिटमा रास्वपाको विजयी

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा गठबन्धनको जीत, तीन सिटमा रास्वपाको विजयी

चितवन- चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा गठबन्धनको जीत भएको छ। एक्लै चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना दल सबै एकै ठाउँ मिलेर जीत हासिल गरेका हुन् । गठबन्धनबाट अध्यक्षका उमेदवार नेपाली कांग्रेसका दीपकराज पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका क्षेत्रीय सचिवसमेत रहेका पौडेलले रास्वपाका नन्दुकेशरी खनाललाई ३१४ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धनबाट नेपाली कम्युनिस्ट पार्टीका रामहरि अधिकारी २ हजार ४८८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका प्रलाद ठाकुरले १ हजार ७९९ मत प्राप्त गरे । सचिवमा एमालेका प्रताप डल्लाकोटी विजयी भए । उनी पनि गठबन्धनका उमेदवार हुन् । डल्लाकोटीले…
Read More
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्। अध्यादेश जारी गर्न सरकारले पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन्। यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले जारी गरेका थिए। तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै सरकारलाई फिर्ता पठाएका थिए। सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: सिफारिस गरेको थियो।
Read More
वर्षाका कारण बिपी राजमार्ग आवागमन बन्द

वर्षाका कारण बिपी राजमार्ग आवागमन बन्द

काठमाण्डौं- वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराएको हो। वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले आज साँझ ५ बजेदेखि आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। सूचना अधिकारी विष्टका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रीलाई अपिल गरिएको छ। वर्षाका कारण पटक पटक रोशी खोलाको बाढीले…
Read More
भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी दीगो समाधान हुनेछ- प्रधानमन्त्री बालेन

भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी दीगो समाधान हुनेछ- प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको जानकारी दिएका छन्। आज सामाजिक सञ्जालमा उनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र सङ्कलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्ने लेखेका छन् । काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेकाप्रति सरकारको ध्यानाकर्षण भएको उनले जनाएका छन्। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.