आज मितिः २०८३ भाद्र १४ गते

रसुवा बाढी: हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं-


रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७:४५ बजे सम्म ७ सय ९४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २ सय ६४ जना, गोरखामा ६१ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १ सय ९७ जना र नवलपरासी पश्‍चिम १ सय २० जना गरी ७ सय ९४ जनाको शव फेला परेको हो ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.