आज मितिः २०८३ भाद्र २९ गते

ताजा अपडेट

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७२ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७२ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०५ :०० बजे सम्म १ हजार ३ सय ७२ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ७८ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २७ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ७२ जनाको शव फेला परेको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित…
Read More
एसिसी प्रिमियर कपमा आज नेपाल ओमानसँग खेल्दै

एसिसी प्रिमियर कपमा आज नेपाल ओमानसँग खेल्दै

काठमाण्डौं- एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज बिहीबार ओमानविरुद्ध खेल्दैछ । खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७ः१५ बजे सुरु भएको छ । समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।
Read More
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू(भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।…
Read More
बाढी प्रभावित परिवारका लागि अस्थायी बसोबासको सर्वेक्षण

बाढी प्रभावित परिवारका लागि अस्थायी बसोबासको सर्वेक्षण

काठमाण्डौ - सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ। आपत्कालीन अवस्थामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका परिवारलाई अब केही हप्ताभित्रै उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वेक्षणमा घरको क्षतिको अवस्था, दिवंगत वा बेपत्ता सदस्यको संख्या, अस्थायी आश्रय वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता र स्थानान्तरणको विकल्पबारे विवरण संकलन गरिने बताइएको छ।त्यसैगरी खानेपानी, सरसफाइ तथा अन्य आवश्यकताबारे पनि जानकारी लिइनेछ। यसबाट प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गरी सरकारले अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ।होल्डिङ…
Read More
अवैध लागूऔषध सहित देशका  विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

धनगढी उपमहानगरपालिका(७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय शिब्जु रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(३ बस्ने २५ वर्षीय कमल केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, मलंगवा नगरपालिका(४ शिवसागर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट सहित मलंगवा नगरपालिका(६ बस्ने १९…
Read More
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

काठमाण्डौ - आज भदौ २३ गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएकोले सरकारले सार्वजनिक बिदा दिएको छ। आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनस सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै शुरु भएको विरोध केही दिनमै सडकमा पोखिएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनमा काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा युवाहरुले प्रदर्शन गरेका थिए । भ्रष्टाचार नियन्त्रण,…
Read More
कार्गो विमान दुर्घटनाहुँदा पाँच जनाको मृत्यु

कार्गो विमान दुर्घटनाहुँदा पाँच जनाको मृत्यु

काठमाडौं- अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७६७ कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन् । अमेजन एयरका लागि सञ्चालनमा रहेको विमान धावनमार्गबाट बाहिरिएपछि आगलागी भएको थियो। उद्धारका लागि ६० भन्दा बढी दमकल तथा २०० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको थियो। विमान पोर्टो रिकोको सान हुआनबाट मियामी पुगेको थियो। दुर्घटनाको कारण खुलेको छैन। अमेरिकी उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान थालेका छन्।
Read More
सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका २७ ढोका खुल्ला

सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका २७ ढोका खुल्ला

काठमाण्डौं- लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ। आइतबार राति ८स्१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए। सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। नदीको पानीको सतह तथा बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पानीको बहाव बढेसँगै कोशी…
Read More
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित भारतीय नागरिक ३६ वर्षीय फिरोज मोहमदलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मलेसियन एयरलाईन्सबाट काठमाडौं आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका(६ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० ट्याब्लेट र नगद ८ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ ठुलो पडरिया बस्ने २२ वर्षीय राजन भन्ने नसरूद्धिन फकिर र सोही नगरपालिका-२ केवटलिया…
Read More
गोरखाको चुमनुब्रीस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति

गोरखाको चुमनुब्रीस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति

काठमाण्डौं- गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आइतबार बिहान करिब ३स् ३० बजे खोलामा आएको बाढीले दुईवटा कच्ची घर बगाएको र दुईवटा घर भत्काएको हो। प्रशासनका अनुसार बाढीले नगु छिरिङ र उर्गीन लामाको कच्ची घर बगाएको थियो भने लाक्पाभुटी लामा र दोर्जे झाल्नको एकतले कच्ची घर भत्काएको थियो। यस्तै, चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने मानिस तथा घोडा आवतजावतका लागि प्रयोग हुँदै आएको फलामे पुलसमेत बगाएको प्रशासनले जनाएको छ। बाढीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी सहायक निरीक्षक यामबहादुर दराईको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.