शुक्रवार र शनिवार अत्यधिक वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ - बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभावले नेपालमा शुक्रवार र शनिवार अत्यधिक वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर शुक्रवार र शनिवार देशका विभिन्न भू–भागमा अत्यधिक वर्षा र व्यापक हिमपातको सम्भावना रहेको जनाएको छ । ‘अर्नब’ नाम दिइएको यो चक्रवात थप शक्तिशाली बन्दै पर्सि बुधवार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान छ ।महाशाखाका अनुसार यसै चक्रवातको प्रभाव र अन्य साना वर्षा प्रणालीहरूको संयुक्त असरले बुधवार रातिदेखि नै नेपालमा मौसम बदली भई सामान्यदेखि मध्यम वर्षा शुरू हुनेछ । बिहीवारदेखि शनिवारसम्म…