आज मितिः २०८३ श्रावण १८ गते

विदेश

नेपाली राजदुतावास युएईले आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिविरमा सय बढीले लिए सुविधा  दुबई

नेपाली राजदुतावास युएईले आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिविरमा सय बढीले लिए सुविधा दुबई

दुबई- नेपाली राजदुतावास युएईले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सय भन्दा बढीले सेवा लिएका छन् । युएईमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको लागि नेपाली राजदूतावास, अबुधाबीले भदौ २ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा सेवाग्राहीलाई एल एल एच अस्पताल आबु धाबीबाट आउनु भएका डाक्टर तथा नर्सहरुसहितको स्वास्थ्यकर्मीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।   स्वास्थ्य परीक्षणका अवसरमा, सुगर, प्रेसर, दाँत को चेक जाँच तथा फिजिसियनद्वारा कन्सुलेसन् उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणसँगै स्वास्थ्यकर्मीहरूले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउनु भएको थियो।   उक्त कार्य्रममा काउन्सेलर तथा उपनियोग प्रमुख रन्जिता दाहालले श्रम, राहदानी तथा कन्सुलरसँग…
Read More
विमानस्थलमा पार्किङमा राखिएको अर्को विमानसंग ठोक्किँदा भीषण आगलागी

विमानस्थलमा पार्किङमा राखिएको अर्को विमानसंग ठोक्किँदा भीषण आगलागी

अमेरिकाको मोन्टाना विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान पार्किङमा राखिएको अर्को विमानसंग ठोकिदा भीषण आगलागी भएको छ । घटना लगत्तै मोन्टाना विमानस्थल बन्द गरी सम्पूर्ण उडानहरू केही बेरका लागि रद्द गरिएको थियो । आगलागीका कारण विमानस्थलको आकाशमा धुँवाको मुस्लोले भरिएको थियो ।   घटनाका कारण अवतरणका क्रममा रहेको विमानका यात्रु मध्ये ३ जनालाई सामान्य चोटपटक लागेको छ भने पार्किङमा राखिएको विमान भने जलेर नष्ट भएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएमका अनुसार, सोकाटा टीबीएन ७०० टर्बोप्रोप विमानले विमानस्थलको पार्किङमा रहेका विमानलाई ठक्कर दिएको हो ।   आगलागी हुनुअघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका…
Read More
खुल्यो ईपीएस, भाषा परीक्षाका लागि आजदेखि आवेदन शुरू 

खुल्यो ईपीएस, भाषा परीक्षाका लागि आजदेखि आवेदन शुरू 

काठमाडौँ- रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन पाइने भएको छ।   श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। आज सोमबारदेखि बिहीबारसम्म आवेदन दिने म्याद तोकिएको छ। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ। यो संख्यामा केही थप घट हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ  
Read More
दुबईमा महालक्ष्मी बचत तथा सहकारीको १० अगस्टमा तीज धमाका हुने

दुबईमा महालक्ष्मी बचत तथा सहकारीको १० अगस्टमा तीज धमाका हुने

दुबई- नेपाली महिलाहरुको महान पर्ब तीजको अवसरमा दुवईको  बरदुबईमा तीज धमाका २०२५ हुने भएको छ । यहि आउँदो अगष्ट १० तारिख बर दुबईको ग्रयाण्ड एम्बास्डर होटलमा धमाका हुने भएको हो । कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको साथै स्थानीय कलाकारहरुको बेजोड प्रतुती रहने छ । कार्यक्रममा लोक दोहारी क्षेत्रकी चर्चित गायिका टिका सानुको प्रस्तुति रहने कार्यक्रमका संयोजक ईन्द्रमणि बेलबासेले जानकारी दिनु भयो । अर्का गायक तथा हाँस्यव्यंग्य कलाकार पुरुषेत्तम भण्डारी वा पुर्खे बाको धमाका हुने पनि संयोजक बेलबासेले बताउनु भयो । स्थानीय गायक बाबुराम परियारले आफ्नो एल्वम अन्तिम पल्ट भेट्न मन लाछ, छिन छिन चुराको, राम्रोसग मनाउ दशैलाइबाट गीतहरु प्रस्तुत गर्ने कार्यक्रमका…
Read More
अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

काठमाण्डौ-   संयुक्त राज्य अमेरिकाले विदेशीका लागि भिसा सम्बन्धी नयाँ शर्तहरु तोकेको छ ।   प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको दाबी गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतावासले ‘एफ’, ‘एम’ र ‘जे’ भिसा आवेदनकर्ताले आफ्नो सामाजिक सञ्जालका व्यक्तिगत खाता खुल्ला राख्नुपर्ने बताएको छ ।     अमेरिकी अध्यागमन कानुनअनुसार एफ भिसा विद्यालय र विश्वविद्यालय अध्ययनका लागि दिइन्छ । एम भिसा व्यावसायिक शिक्षा अध्ययनका लागि दिइन्छ भने जे भिसा सांस्कृतिक आदानप्रदान कार्यक्रममा जानेलाई उपलब्ध गराइन्छ ।   अमेरिकाले पछिल्लो समय त्यहाँ जान खोज्ने सबैको सामाजिक सञ्जाल परीक्षण गर्दै आएको जनाएको छ । उसले भिसा प्राप्त गरेपछि, अमेरिका पुगेपछि वा स्वदेश फर्केपछि…
Read More
इरानमा रहेका १६ नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

इरानमा रहेका १६ नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

काठमाडौं- नेपाल सरकारको अनुरोधमा १६ नेपालीलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको छ । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले इरानमा १६ नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् । “इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ,” परराष्ट्रमन्त्री डा। राणाले भनिन्, “हामी उहाँहरूको सहयोगको प्रतिक्षामा छौँ ।” एक सातादेखि जारी इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा। शंकर…
Read More
इजरायल र इरानमा रहेका नेपालीहरुलाई पराराष्ट्र मन्त्रालय र दूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

इजरायल र इरानमा रहेका नेपालीहरुलाई पराराष्ट्र मन्त्रालय र दूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं- इरानसँगको युद्धका बिच इजरायली डिफेन्स फोर्सेसले जारी गरेको विज्ञप्तिमा जनतालाई सार्वजनिक स्थलमा जानबाट जोगिन, भिडभाडयुक्त ठाउँहरूबाट टाढा रहन र कुनै चेतावनी प्राप्त भएमा सुरक्षित स्थानमा जान तथा आधिकारिक नयाँ जानकारी नआएसम्म त्यहाँ नै बस्न आग्रह गरिएको छ । इजरायलको राष्ट्रिय आपत्कालीन सेवाका अनुसार इरानी आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ र सयभन्दा बढी घाइते भएका छन् । आइडिएफ र राष्ट्रिय आपत्कालीन सेवाले जारी गरेका सूचनाले इजरायलका सहरहरूको पछिल्लो भयानक अवस्था देखाउँछ । तीन दिनदेखि जारी युद्धमा इरानले इजरायलको राजधानी जेरुसेलम, तेलअभिभ, हाइफासहित मुख्य रणनीतिक केन्द्रमा मिसाइल आक्रमण केन्द्रित गरेको छ । इजरायली हमलामा इरानले पनि ठुलो क्षति व्यहोरेको छ । यस्तोमा इजरायल र…
Read More
करोड तिरे तल्लो बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए, दुबईमा दलाल मोटाए

करोड तिरे तल्लो बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए, दुबईमा दलाल मोटाए

काठमाण्डौ - दुबईमा ६ महिना बसे एक करोडसम्म तिरेर अवैध बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए नेपालीहरु । अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली र अन्य २ जना नेपालीले काँधमा सेतो बोरा बोकेर विमान अगाडि लस्करै उभिएको फोटोले डीपोर्ट वा निष्कासन भएर आउनेहरूका नियति बोलिरहेको थियो। बोरा बोकेर विमानस्थल परिसरमा हिँड्दै गरेको दृश्यले उनीहरूको अवस्था, दुःख र छटपटी भल्काइरहेको थियो।   हुन त अमेरिकाले एकैपटक ठूलो संख्यामा नेपालीहरू डीपोर्ट गर्देछ भन्ने सूचना केही दिन अघिबाट नै बाहिरिएको थियो। आइतबार साढे ४ बजे नै उनीहरूलाई लिएर आएको जहाज काठमाडौं ल्यान्ड हुने भनिए पनि रातको ९ बजेपछि मात्रै विमान आएको…
Read More
आयरल्याण्ड पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गर्ने दुईजना पक्राउ

आयरल्याण्ड पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ -   वैदेशिक रोजगारीको लागि आयरल्याण्ड पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो ।” पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै रु…
Read More
म्यान्मार भूकम्पका मृतकको संख्या दुई हजार पाँचसय नाघ्यो

म्यान्मार भूकम्पका मृतकको संख्या दुई हजार पाँचसय नाघ्यो

काठमाण्डौं- शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५ सय नाघेको छ । तीन हजार ९०० भन्दा बढी घाइते भएका छन्। अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। सरकारले अप्रिल ६ सम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ। म्यान्माको दोस्रो ठूलो सहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो। यहाँ तीन दिनदेखि हजारौं मानिसहरू सडकमा रात बिताउन बाध्य छन्। कतिपय आफ्नो घर भत्किएकाले फर्कन सकेका छैनन् भने कतिपय पुनः कम्पनको डरले बाहिरै बसिरहेका छन्। केहि मानिसहरूसँग टेन्ट भए पनि धेरैजना सडकमा मात्र ओछ्यान बिछ्याएर रात काटिरहेका छन्।भूकम्पको असर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.