काठमाण्डौ –
अमेरिकाबाट निष्कासित भएका ९५ जना नेपाली शनिबार बिहान काठमाडौं आइपुगेका छन्। उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउने विमास्थल सुरक्षा कार्यालयको तयारी छ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार उनीहरूको व्यक्तिगत विवरण संकलन गरेपश्चात् प्रहरीले परिवारको जिम्मा लगाउनेछ।
गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका नेपालीलाई त्यहाँको सुरक्षा निकायले पक्राउ गरी निष्कासन गरेको हो। डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका कैयौँ नेपाली निष्कासनमा परेका छन्।