काठमाडौं –
बच्चा पेटमाहुँदा घरदैलो गर्दै हिँडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
हिजो सम्पन्न निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो र राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएर तेस्रो भए ।
२०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिएकी उनको आज पुत्रको न्वारन पनि हो ।
रञ्जु सुरुमा सडक आन्दोलनमा सक्रिय थिईन् ।