काठमाण्डौ –
देशभर मतगणना चलिरहँदा काठमाण्डौ सहित १६ स्थानमा रास्वपा नै अगाडि देखिएको छ ।
काठमाण्डौ १,२,३,७,१० मा कास्की, स्याङ्जा, रुपन्देही लगायतको क्षेत्रमा अग्रता लिएको हो ।
त्यस्तै काठमाडौं ३ को मतगणाना चलिरहँदा उज्यालो नेपाल पार्टीकाकुलमान घिसिङ पछि परेका छन् । यसअघिसम्म अग्रता बनाइरहेका घिसिङ पछि परेका हुन् ।
बिहान ५ बजेसम्मको मतगणना अनुसार अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले उछिनेका हुन् ।
अहिले राजु पाण्डे २५४ मतले अघि छन् । कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले पछ्याइरहेका छन् ।