आज मितिः २०८३ बैशाख ८ गते

निर्वाचन आयोगको आग्रह -मतदान गर्न बाँकी मतदाता ५ बजे नपर्खिनु 

काठमाण्डौ –

निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका सम्पूर्ण मतदाताहरूलाई निर्धारित समय साँझ ५ बजे नपर्खीकन मतदान केन्द्रमा गएर मतदान गर्न विशेष आग्रह गरेको छ ।

 

देशभर उत्साहजनक रूपमा मतदान भइरहेको सन्दर्भमा आयोगले कार्यव्यस्तता वा अन्य कारणले घरमै बसिरहेका नागरिकलाई यस्तो अपिल गरेको हो ।

 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरू निर्वाचनमा भाग नलिई घरमै बसेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताए ।

 

आयोगले मतदान केन्द्रमा पुग्दै गरेकाहरूलाई आफ्नो मत बदर नहुने गरी शुद्ध र विधिपूर्वक तरिकाले मतदान गर्न सुझाव दिएको छ । मतदान गर्नु नागरिकको अधिकार मात्र नभई राष्ट्रप्रतिको महत्वपूर्ण कर्तव्य पनि भएको आयोगले स्मरण गराएको छ ।

 

उनले भने, ‘सबै मतदाताहरू कार्यव्यस्तताले गर्दा कतिपय मतदान केन्द्रमा जाँदै हुनुहुन्छ होला, कतिपय मतदान गरेर फर्किसक्नुभयो होला । जो कार्यव्यस्तताले गर्दा पुग्न बाँकी हुनुहुन्छ, उहाँहरूलाई ढिलो नगरिकन मतदान केन्द्रमा गइदिनुस् भन्न चाहन्छौँ ।’

 

५ बजेसम्मको समय भएपनि अन्तिम समयको प्रतिक्षा गर्दा भीडभाड हुने र प्राविधिक समस्या आउनसक्ने भएकाले समय छँदै आफ्नो काम सम्पन्न गरिदिन आयोगले सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गरेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.