आज मितिः २०८३ जेष्ठ १० गते

चितवन सेवा समाजले गर्यो नयाँ वर्षको शुभकामना तथा भित्ते पात्रो विमोचन सम्पन्न

चितवन-

चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले नया वर्ष २०८३ को शुभ कामना आदान-प्रदान तथा भित्ते पात्रो विमोचन सम्पन्न गरेको छ ।

 

सस्थाका अध्यक्ष लाल बहादुर भट्टको अध्यक्षतामा विभिन्न देशका शाखाबाट आउनु भएका तथा नेपालमा रहनु भएका आजीवन सदस्यहरूको बीच चितवनमा विमोचन सम्पन्न भएको हो ।

 

भित्ते पात्रो प्रकाशन समितिका संयोजक कार्य समितिका सचिव अर्जुन अधिकारीले स्वागत मन्तव्य राखदै सस्थाले प्रकाशन गरेको नया साल २०८३ को भित्ते पात्रोमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

 

सस्थाका निर्वतमान अध्यक्ष तथा संरक्षक दीपक गौतमको प्रमुख आतिथ्य रहको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सस्थाका संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी,सल्लाहकार तुलसी राम खरेल,विदुर के।सी।,डम्मर राना,धूर्व राज वाग्ले,चितवन समाज जापानका उपाध्यक्ष प्रदिप खरेल, भरतपुर महानगर पालिका वार्ड न-४ का जनप्रतिनिधि एवं सस्थाका आजीवन सदस्य विजय सापकोट स्वामी लगायत व्यक्तिहरूको उपस्थित रहेको थियो ।

त्यस्तै अतिथिहरूमा एनआरएनए आईसीसीका केन्द्रीय सदस्य टीकाराम कड़ेल ,चितवन समाज मलेशियाकी सचिव राधिका क्षेत्री,सस्थाका लेखा समिति संयोजक विजय आर्यल,पूर्व सचिव एवं प्रवासी चितवन वहुउद्देशीय सहकारी लि। का व्यवस्थापक दुर्लभ पोखरेल,पूर्व सह सचिव सकुन्तला न्यौपाने,कार्यसमिति सदस्य एवं भित्ते पात्रो प्रकाशन समितिका सदस्य लीला पौडेल,काशिराम कड़ेल,कोषाध्यक्ष राम भट्टराइ, महानगर संयोजक इन्दिरा पौडेल मरहठ्ठा सदस्य अन्जु ढकाल ,बिद्या प्रसाद आचार्य,लक्षमण पौडेल आजीवन सदस्य मोहन हरी कोइराला ,दयाराम कड़ेल लगायतको उपस्थिति रहको थियो । कार्यक्रम उद्घाटन सत्र पश्चात् राष्ट्रिय गान एवं आप्रवासनको क्रममा विभिन्न देशहरूमा ज्यान गुमाउनेहरूको समझनामा एक मिनेट मौन धारण गरिएको थियो।

परिचय एवं आऊदै गरेको नया वर्ष २०८३ सालको शुभकामना आदान प्रदानबाट शुरु गरिएको औपचारिक कार्यक्रममा नया प्रकाशित भित्ते पात्रो विमोचन पश्चात् प्रमुख अतिथि, विशिष्ट अतिथि,अतिथिहरु लगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शुभकामना मन्तव्य राखनु भएको थियो।

सस्थाका उपाध्यक्ष ईश्वर राज अधिकारीको संचालन रहेको कार्यक्रम सस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति भट्टले छोटो मन्तव्य सहित कार्यक्रमलाई समापन गर्नु भयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.