आज मितिः २०८२ चैत्र २४ गते

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं-

नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकबाट उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए।

सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.