चितवन-
अमलाचौर बाग्लुङबाट चितवन र नवलपुर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबीच सम्पर्क, सहयोग र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले स्थापित अमलाचौर चितवन(नवलपुर सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशन भरतपुरको होटल सुभम एन्ड हस्पिटालिटी चैबिसकोठीमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष लक्ष्मी कान्त आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका वडा नं। १० का कार्यवाहक अध्यक्ष रेशम राज थापा ९ऋषि० रहनुभयो। विशिष्ठ अतिथिका रूपमा बाग्लुङ चितवन(नवलपुर सम्पर्क समाजका अध्यक्ष प्रकाश कंडेल उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा विभिन्न सम्पर्क समाजका अध्यक्ष तथा प्रतिनिधिहरू — छिस्ति चितवन(नवलपुर सम्पर्क समाजका अध्यक्ष भविश्वर पौडेल, बरेङ चितवन(नवलपुर सम्पर्क समाजका टंक प्रसाद आचार्य, पैयुपाटा चितवन(नवलपुर सम्पर्क समाजका अध्यक्ष राजेन्द्र रेग्मी र नारायणस्थान चितवन(नवलपुर सम्पर्क समाजका अध्यक्ष विष्णु पौडेल — लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रेशम राज थापा ९ऋषि० बाट व्यानर बाचन गरी गरिएको थियो।
राष्ट्रिय गानबाट कार्यक्रमको शुरुवात भएको थियो।
७० वर्षमाथिका ज्येष्ठ नागरिक हरूलाई मञ्चमा बोलाई सभापति तथा प्रमुखरविशिष्ठ अतिथिबाट माला लगाएर सम्मान गरिएको थियो।
स्वागत मन्तव्य संस्थाका तदर्थ समिति सदस्य गीता देवी शर्मा र महिला सदस्य प्रतिनिधि तिल कुमारी ढकालले प्रस्तुत गर्नुभएको थियो।
कोषाध्यक्ष भगवती शर्माले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव प्रकाश शर्माले संस्थाको गतिविधि, जानकारी र भावी योजनासहित प्रतिवेदन पेश गर्नुभयो।
अध्यक्ष लक्ष्मी कान्त आचार्यले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै औपचारिक रूपमा कार्यक्रमको समापन गर्नुभयो र साधारण सभाको नेतृत्व निर्वाचन समन्वय समितिलाई हस्तान्तरण गर्नुभयो।
साधारण सभाले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ जसको
अध्यक्षमा लक्ष्मी कान्त आचार्य, बरिष्ठ उपाध्यक्ष हेमराज अधिकारी, महिला उपाध्यक्ष तिल कुमारी ढकाल, उपाध्यक्ष श्रीप्रसाद शर्मा, सचिव प्रकाश शर्मा, कोषाध्यक्ष तोयनाथ पौडेल, सह-कोषाध्यक्ष लीला कुमारी शर्मा पौडेल, सह-सचिव विश्व रोका चयन भए । साथै ११ जना सदस्यहरू रहनुभएको छ।
यो अधिवेशनले अमलाचौरवासीहरूबीच एकता कायम गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति र सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले यसअघि तीज विशेष कार्यक्रम, चेली सम्मान लगायतका गतिविधि सञ्चालन गर्दै आएको छ।
अमलाचौर चितवन(नवलपुर सम्पर्क समाजले चितवन र नवलपुरमा रहेका अमलाचौरका दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकजुट भएर सामाजिक कार्यमा लाग्न आह्वान गरेको छ ।