काठमाडौँ –
न्युयोर्क टाइम्सका अनुसार इरानसँग तनाव बढिरहेको वेला अमेरिकाले कतार र बहराइनमा राखिएका सैन्य बेसबाट सेना फिर्ता गरेको छ ।
उसका अनुसार अरब क्षेत्र हेर्न राखिएको प्रमुख सैन्य बेसको रुपमा रहेको कतारको अल उदेइद एयर बेस र बहराइनको अमेरिकी नेभीमा राखिएका सेनाहरू फिर्ता लगिएको हो ।
सम्बन्धित अधिकारीहरूले सैनिकको जोखिम घटाउन र आकस्मिक तनावको अवस्थामा सुरक्षा सुनिश्चित गर्न लागेको गल्फ टाइम्सले जनाएको छ ।
इरानले आफ्नो देशमा अमेरिकाले आक्रमण गरेमा उसका शैन्य शिविरमा पनि आक्रमण गर्ने चेतवानी दिइरहेको छ । अमेरिका र इरानबीचको तनावलाई घटाउन कतारले पनि कुटनीतिक पहल गरिरहेको छ ।
उनीहरूका अनुसार अरब क्षेत्रमा तनाव बढ्दा स्थिरता, ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमार्गहरू खतरामा पार्न सक्नेमा चिन्ता जनाइरहेका छन् ।