चितवन-
चितवन सेवा समाज कुवेतद्वारा क्यान्सर पीडित दण्डपानी रेग्मीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
चितवन सेवा समाज कुवेतमा आबद्ध चितवनबासीहरूको सामूहिक सहयोगबाट संकलित नगद रु। ४०,४०५ (चालिस हजार चार सय पाँच रुपैयाँ) क्यान्सर पीडित भरतपुर–७, कृष्णपुर निवासी रेग्मीलाई हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम कालिका नगरपालिकामा अवस्थित कार्यसमिति सदस्य अमृता मोक्तानको निवासमा पीडितको परिवारजनको उपस्थितिमा प्रदान गरिएको हो।
कार्यक्रमको समन्वय चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष लाल भट्ट, महासचिव मित्रलाल पाण्डे, कोषाध्यक्ष रामबहादुर भट्टराई, आजीवन सदस्य, मानकुमार चौधरी तथा मिडिया कोर्डिनेटर रविलाल भट्टज्यूले गर्नुभएको थियो।
सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष भट्टले उक्त रकम उपचार खर्चमा सदुपयोग होस् भन्ने कामना व्यक्त गर्नुका साथै पीडितको आत्मबल उच्च रहोस् र शीघ्र स्वास्थ्य लाभ होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो।