आज मितिः २०८३ बैशाख ६ गते

अर्किड स्कुलद्वारा एसइइ उत्कृष्ट लाई नगद पुरस्कार।

चितवन-

अर्किड स्कूल भरतपुर–१० ले आफ्नो १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

सो कार्यक्रममा विद्यालयले २०८१ सालको एसईई परीक्षामा ‘४ जिपिए’ प्राप्त गर्ने तीन विद्यार्थी क्रमशः समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदीलाई जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र सहित पुरस्कृत गरेको छ। त्यसैगरी ३.८ भन्दा बढी जीपीए ल्याउने अन्य विद्यार्थीलाई पनि पदकसहित सम्मान गरेको छ।

अर्किड स्कुल ले सदा झै ज्येष्ठ अभिभावक हरूलाइ सम्मान गर्ने कार्यक्रम अन्तरगत यसपटक ज्येष्ठ अभिभावक मनहर्क अधिकारी (९८वर्ष ) र गंगा देवि चापागाई (८७ वर्ष ) लाई दोसल्ला तथा सम्मानपत्र प्रदान सहित सम्मान गरेको छ। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गरी एमबीबीएसतर्फ पूर्ण छात्रवृत्ति प्राप्त गरेका सञ्जय सुवेदीलाई विशेष पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।

 

कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले विद्यालयले निरन्तर शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। विशिष्ट अतिथिको रूपमा वडा न १० का वडा अध्यक्ष परमेश्वर खनालले विद्यालयको हरेक सकारात्मक कदम प्रती आफू र वडाको तर्फबाट सहयोगको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गर्दै थप उर्जावान नागरिकहरू तयार गर्न सहयोग विद्यालयबाट पुग्ने सोच आफुले राखेको बताउनु भयो। अर्का विशेष अतिथी प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले सस्थागत विद्यालयहरूले देश भरी नै विभिन्न चुनौती को माझबाट गतिशील र समृद्ध राष्ट्र बनाउने उद्देश्य राखेको र अर्किड स्कुलले त्यो उद्देश्य बमोजिम कार्य गरेको भन्दै सराहना गर्नु भयो।

विद्यालयका शिक्षक एवम पत्रकार मनोज पन्तले सन्चालन गर्नु भएको कार्यक्रममा सह प्राचार्य पुरुषोत्तम दुवाडी ले स्वागत मन्तव्य र प्राचार्य डा खेम आचार्य ले वार्षिक कार्यक्रम र प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.