आज मितिः २०८३ जेष्ठ १५ गते

एनआरएनए उपाध्यक्ष जुनु गुरुङ आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजक

काठमाडौं-

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसि) को उपाध्यक्ष रहनु भएकी जुनु गुरुङले आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी पाउनु भएको छ।

आईसिसिको बैठकले उपाध्यक्ष समेत रहनु भएकी जुनु गुरुङलाई आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी दिएको हो । आफूले जिम्मेवारी पाए लगतै गुरङले अत्यन्त गर्वान्वित तथा जिम्मेवारीप्रति सचेत बनेको बताउनु भयो।

उहाँका अनुसार विश्वभर फैलिएका लाखौँ नेपाली श्रमिकहरूको जीवन मानसिक रूपमा चुनौतीपूर्ण बन्दै गएको छ। प्रवासमा रहेका धेरै नेपालीहरू मानसिक तनाव, डिप्रेसन, एन्जाइटी, कार्यदबाब तथा सामाजिक समस्याबाट प्रभावित भइरहेका छन्। कामको चाप, पारिवारिक दूरी र कहिलेकाहीँ भोग्नुपरेका अपमानजनक व्यवहारका कारण उनीहरू मानसिक रूपमा कमजोर अवस्थामा पुग्ने गरेको उहाँले उल्लेख गर्नु भयो।

यस्तो अवस्थामा मानसिक सन्तुलन कायम राख्न र श्रमिकहरूलाई सबल तथा आत्मविश्वासी बनाउन मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू महत्वपूर्ण हुने विश्वास गुरुङले व्यक्त गर्नुभयो ।

उहाँले प्रवासमा रहेका संघ–संस्था, अभियन्ता तथा सम्पूर्ण नेपाली समुदायसँग सहकार्य, समन्वय र एकताको माध्यमबाट यस अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ।

समितिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आफूले पूर्ण समर्पण र निरन्तर मेहनत गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गर्दै गुरुङले विदेशमा काम, अध्ययन, व्यवसाय तथा अन्य उद्देश्यले बसोबास गरिरहेका नेपालीहरूको हितमा काम गर्ने बताउनु भयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.