आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

रातो जङ्गली च्याउसहित एक जना पक्राउ

रातो जङ्गली च्याउसहित एक जना पक्राउ

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिँजा गाउँपालिका–५, जुम्ला घर भई हाल सुर्खेत बस्ने चन्द्राकली बुढा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको एउटा बसलाई स्थानीय सुब्बाकुना चेकपोस्टमा जाँच गर्ने क्रममा बसमा रातो जङ्गली च्याउ फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बसको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको थियो । च्याउको तौल ७४ केजी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिनुभयो । पक्राउ परेकी बुढामाथि थप अनुसन्धान भइरहेको…
Read More
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

म्याग्दी- आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर ९नाम परिवर्तन०ले क्युआरमा मागेअनुसारको रकम पठाइदिनुभयो । “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा फेसबुक ह्याक गरेर अर्कैले पैसा मागेको थाहा भयो,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा आएको सन्देशको पुष्टि नगरी हतारमा पठाएको पैसा गुम्यो ।” अन्नपूर्ण गाउँपालिकाका सन्देश रोका ९नाम परिवर्तन०ले सामाजिक सञ्जालमा देखेको भरमा ‘आइफोन’ किन्नका लागि भनेर रु दुई लाख ‘क्युआर’ पठाइदिनुभयो । “पैसा पठाएपछि विज्ञापनमा भएको सम्पर्क नम्बर स्विच अफ भयो, ‘पेजनै डिएक्टीभ गरिदियो’,” उहाँले भन्नुभयो, “भएको पैसा पनि गयो, आइफोन प्रयोग गर्ने मेरो सपनालाई ठगले चकनाचुर बनाइदियो ।” बेनी…
Read More
आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाण्डौं- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती,…
Read More
सरकारमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको रास्वपाका सभापति लामिछाने भनाई

सरकारमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको रास्वपाका सभापति लामिछाने भनाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सरकारमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताएका छन् ।बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताएका ह्न्। माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको उनको भनाइ रहेको थियो । नागरिकलाई निराश बनाउने बानी परेको अवस्थामा कसैले पनि तृप्त पार्न नसक्ने भन्दै उनले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए। लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे। अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न…
Read More
गाउँपालिकामा कार्यरत लेखा अधिकृत भट्टराई र इन्जिनियर खड्का घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा

गाउँपालिकामा कार्यरत लेखा अधिकृत भट्टराई र इन्जिनियर खड्का घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा

इलाम- इलामको चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मीलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्का घुस लिएको आरोपमा अख्तियारकले नियन्त्रणमा लिएको छ । इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि दुस्ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले निज इन्जिनियर डिल्ली राज खड्कालाई सेवाग्राहीबाट छ लाख रूपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला इलाम, चुलाचुली गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईको आपसी मिलेमतो…
Read More
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-८ घर भएका ३० वर्षीय करण ऐर, काठमाडौं माहनगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएका ३६ वर्षीय प्रेम पुरी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ घर भएका ४२ वर्षीय अच्युत दुलाल र काठमाडौं महानगरपालिका-२८ बस्ने कालिकोट खाँडाचक्र नगरपालिका-२ घर भएका ३५ वर्षीय बिर्ख बहादुर विक रहेका छन् । पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट…
Read More
आज संघीय संसदका ७ समितिको बैठक बस्दै

आज संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौं- आज संघीय संसदका सात समितिको बैठक बस्दैछ। आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। त्यस्तै राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको पनि बैठक बस्दैछ।
Read More
बाढी, पहिरो तथा सडक कटानका कारण प्रमुख राजमार्ग अवरुद्ध

बाढी, पहिरो तथा सडक कटानका कारण प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं- बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार बुधबार बिहान ७ बजेसम्म विभिन्न स्थानमा सडक पूर्ण रूपमा बन्द रहेका छन्। काभ्रेपलाञ्चोक–सिन्धुलीकोखुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जोड्ने विपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सवारी साधनको आवतजावतमा रोक लगाइएको छ।त्यस्तै मकवानपुरको कान्ति लोकपथमा रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भासिएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–४ चारकिलोमा असार ३१ गते सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको…
Read More
आपसी विवादमा साथीको चक्कु प्रहारबाट हत्या

आपसी विवादमा साथीको चक्कु प्रहारबाट हत्या

काठमाण्डौं- बागलुङको काठेखोला धम्जामा आपसी विवादका क्रममा चक्कु प्रहारबाट एक साथीले चक्कु प्रहार गरि अर्काे साथीको हत्या गरे। धम्जाको माझकटेरामा श्रमिकका रूपमा बस्दै आएका ढोरपाटन बस्ने शोक खत्रीकोलाई आप्नै साथी अर्जुन घर्तीले हत्या गरेका हुन् । आपसी विवादका क्रममा खत्रीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए। खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना स्थानीय निर्मल आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गर्दै आएका थिए ।
Read More
सन्दीप बने राष्ट्रिय क्रिकेट टोलीको कप्तान

सन्दीप बने राष्ट्रिय क्रिकेट टोलीको कप्तान

काठमाण्डौ- लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो सोमबार सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो । क्यानको यो निर्णयले सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका छन् । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् । सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् । यसअघि २०७९ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.