रत्ननगर ९ मा करदातालाई सचेतना
३ पौष, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले करदाता सचेतना तथा कर संकलन सम्बन्धि घरदैलो कार्यक्रम गरेको छ । अभियान स्वरुप संचालन गरिएको कार्यक्रममा आज कृष्ण मन्दिरचोक देखी भानुचोक सम्म रहेका व्यवसायीहरु संग भेटघाट गरिएको छ । रत्ननगर ९ का अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, रत्ननगर नगरपालिकाका राजस्व शाखा प्रमुख, वडा सचिव, वडाका कर्मचारीहरु, नगरप्रहरी, टोल विकास संस्थाका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । घरदैलोमा नै पुगेर व्यवशायीहरु संग अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा अधिकांश व्यवशायहरु दर्ता भएर संचालन भए पनि केहि भने दर्ता नभएका, केहि व्यवशायहरु नवीकरण हुन वांकी रहेका पाईएको छ । वडा…