आज मितिः २०८३ भाद्र २९ गते

समाचार

अवैध लागूऔषध सहित देशका  विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

धनगढी उपमहानगरपालिका(७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय शिब्जु रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(३ बस्ने २५ वर्षीय कमल केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, मलंगवा नगरपालिका(४ शिवसागर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट सहित मलंगवा नगरपालिका(६ बस्ने १९…
Read More
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

काठमाण्डौ - आज भदौ २३ गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएकोले सरकारले सार्वजनिक बिदा दिएको छ। आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनस सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै शुरु भएको विरोध केही दिनमै सडकमा पोखिएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनमा काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा युवाहरुले प्रदर्शन गरेका थिए । भ्रष्टाचार नियन्त्रण,…
Read More
कार्गो विमान दुर्घटनाहुँदा पाँच जनाको मृत्यु

कार्गो विमान दुर्घटनाहुँदा पाँच जनाको मृत्यु

काठमाडौं- अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७६७ कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन् । अमेजन एयरका लागि सञ्चालनमा रहेको विमान धावनमार्गबाट बाहिरिएपछि आगलागी भएको थियो। उद्धारका लागि ६० भन्दा बढी दमकल तथा २०० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको थियो। विमान पोर्टो रिकोको सान हुआनबाट मियामी पुगेको थियो। दुर्घटनाको कारण खुलेको छैन। अमेरिकी उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान थालेका छन्।
Read More
सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका २७ ढोका खुल्ला

सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका २७ ढोका खुल्ला

काठमाण्डौं- लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ। आइतबार राति ८स्१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए। सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। नदीको पानीको सतह तथा बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पानीको बहाव बढेसँगै कोशी…
Read More
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित भारतीय नागरिक ३६ वर्षीय फिरोज मोहमदलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मलेसियन एयरलाईन्सबाट काठमाडौं आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका(६ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० ट्याब्लेट र नगद ८ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ ठुलो पडरिया बस्ने २२ वर्षीय राजन भन्ने नसरूद्धिन फकिर र सोही नगरपालिका-२ केवटलिया…
Read More
गोरखाको चुमनुब्रीस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति

गोरखाको चुमनुब्रीस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति

काठमाण्डौं- गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आइतबार बिहान करिब ३स् ३० बजे खोलामा आएको बाढीले दुईवटा कच्ची घर बगाएको र दुईवटा घर भत्काएको हो। प्रशासनका अनुसार बाढीले नगु छिरिङ र उर्गीन लामाको कच्ची घर बगाएको थियो भने लाक्पाभुटी लामा र दोर्जे झाल्नको एकतले कच्ची घर भत्काएको थियो। यस्तै, चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने मानिस तथा घोडा आवतजावतका लागि प्रयोग हुँदै आएको फलामे पुलसमेत बगाएको प्रशासनले जनाएको छ। बाढीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी सहायक निरीक्षक यामबहादुर दराईको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो।…
Read More
बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको उद्धार

बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको उद्धार

काठमाण्डौं- रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता ६० वर्षीया चण्डिका श्रेष्ठको ११ दिनपछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले श्रेष्ठलाई नुवाकोट बिदुर नगरपालिका –१० बेत्रावतीस्थित चार तले घरबाट शनिबार उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हिलोमा थुनिएको अवस्थामा उहाँको उद्धार गरिएको छ । श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत त्रिशुली लगिएको छ ।
Read More
टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार

टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार

काठमाण्डौं- आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना २१६ मेगावाटको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फसेका चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो ।उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याईएको छ । लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण तरिकाले उद्धार गर्दैछ।
Read More
आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा(आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा(आराधना गरी मनाइँदै

काठमाडौं- आज श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ। भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने…
Read More
पूर्व उर्जामन्त्री घिसिङ र प्रधानमन्त्री शाहविच भेट

पूर्व उर्जामन्त्री घिसिङ र प्रधानमन्त्री शाहविच भेट

काठमाण्डौ - उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्व उर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू राख्नु भयो ।wwwwwww भेटका क्रममा घिसिङले अहिले विपद्को सङ्कट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृतरूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड दिन उहाँले आग्रह गर्नुभयो । यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.