गर्मीका कारण युरोपमा ५० हजार जनाभन्दा धेरैको ज्यान गयो
एजेन्सी- गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको ज्यान गएको छ । अनुसन्धानकर्ताहरूले गएको जुनदेखि अगस्टसम्म युरोपका ८५४ शहरमा गरेको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित घटनाका कारण ३२ हजार ६१९ जनाको ज्यान गएको छ । युरोपको झन्डै ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका समाचार संस्था एपीले जनाएको छ । इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सकाका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस…