आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

विश्वकप क्रिकेटमा नेपाल फेरि नेदरल्याण्डससँग पराजीत

विश्वकप क्रिकेटमा नेपाल फेरि नेदरल्याण्डससँग पराजीत

विश्वकप क्रिकेटमा नेपाल फेरि नेदरल्याण्डससँग पराजीत काठमाण्डौं- विश्वकप क्रिकेट लिग २ मा नेपालको नेदरल्याण्डससँग पराजीत भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो खेलमा नेदरल्याण्डसंग पराजित भएको हो । नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिवियासँग २ खेलमा पराजित भैसकेको छ । घरेलु टोली नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भएको हो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रन बनाए । इशान पाण्डेले १६, गुल्शन झाले ११ तथा भीम सार्कीले १० रन बनाए । दीपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट…
Read More
काठमाण्डौंमा विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाण्डौंमा विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं- काठमाण्डौंमा विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौँको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो। डान्स क्लबले भारतीय नागरिकलाई कुटपीट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको छ। उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेका थिए।
Read More
तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

काठमाण्डौं- तोकिएकोभन्दा बढी शुल्क लिएको कारण वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई २४ लाख क्षतिपूर्ति दिएको छ। दित्य ओभरसिजले बढी शुल्क लिएको र विभागको निर्देशन पालना नगरेको भन्दै जरिवाना समेत गरेको छ । साउन १२ गते ४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको हो। वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएकोभन्दा बढी शुल्क लिएको सम्बन्धमा चौबीस लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४को दफा ५४ बमोजिम दोस्रो पटकलाई रु ५० हजार जरिवाना गरिएको छ।
Read More
पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाण्डौंअविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ८ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः००देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण…
Read More
आज देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं- आज आषाढ शुक्ल पूर्णिमा परेकाले गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै छ ।आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने चलन रहेको हो। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाईन्छ । गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः।गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। आज नै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी…
Read More
गोरखाको गुम्दामा भदौ आलु मेला हुने

गोरखाको गुम्दामा भदौ आलु मेला हुने

गोरखा गोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आगामि भदौ १ देखि ५ गतेसम्म गुम्दा आलु मेला २०८३ आयोजना गर्न लागेको हो । गुम्दा आलु मेलामा आलु खाने प्रतियोगिता, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता हुने आयोजक थमरा युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले बताउनु भयो। साथै, स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने उहाले जानकारी दिनु भयो। गुम्दामा उत्पादित आलुको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ…
Read More

व्यवसायीहरूको चेतावनीपछि सरकार संवाद गर्न तयार

काठमाडौं - वैदेशिक रोजगार व्यवसायीहरूको चेतावनीपछि सरकार संवाद गर्न तयार भएको छ । सरकारसँगको वार्ता निष्कर्षमा नपुगे १६औँ दिनदेखि वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने व्यवसायीहरूको चेतावनीपछि सरकार र व्यवसायीबीचको संवाद निर्णायक मोडमा पुगेको हो। वैरोले वैज्ञानिक सेवा शुल्क निर्धारण, ५९८ मेनपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता, वैदेशिक रोजगार ऐन संशोधनलगायतका माग राखेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १५ दिने अल्टिमेटम दिँदै आफ्ना माग सम्बोधन नभए १६औँ दिनदेखि देशभरबाट श्रमिक विदेश पठाउने प्रक्रिया नै ठप्प पार्ने निर्णय गरेको हो। संघका अनुसार सरकारसँग पटक–पटक छलफल भए पनि कुनै पनि विषयमा ठोस निर्णय नआएकाले अब आन्दोलनको विकल्प नरहेको…
Read More

आज प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ। महाशाखाका अनुसार आज हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति देशको हिमाली र पहाडी भू–भाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका…
Read More

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

Uddar News गण्डकी- आर्थिक वर्ष २०८२र८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले पाँच करोड ५८ लाख रुपैयाँ रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिए। उनले दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताए। हरेक आवमा कम्तीमा ३० दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्। एउटा सहकारीलाई बढीमा…
Read More
इनर ह्वील क्लब अफ बुद्धनगरको चौथो पदास्थापना समारोह सम्पन्न

इनर ह्वील क्लब अफ बुद्धनगरको चौथो पदास्थापना समारोह सम्पन्न

काठमाण्डौं- इनर ह्वील क्लब बुद्धनगरको चौथो पदास्थापन समारोह सम्पन्न भएको छ । आईतबार काठमाण्डौको ठमेलमा क्यान्सर सरभाईभर ग्रुपद्धारा क्लबको पदास्थापन समारोह सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा संस्थाकी डिस्ट्रिक चियरमेन डा.सृष्टि श्रेष्ठ प्रजापतिले द्धिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी प्रजापतिले इनर ह्वील क्लब बुद्धनगर अन्य क्लब भन्दा फरक रहेको बताउनु भयो । क्यान्सर पिडितहरुलाई विशेष सहयोग गर्दै आएको यस क्लबले सकारात्मक सोच लिएर प्रतिस्पर्धा भन्दा माथि उठेर काम गर्नेमा आफू विश्वस्थ रहेको जनाउनु भयो । उहाँले क्लबहरुले उदाहरणीय सामाकि सेवा गर्दै आएको अझ क्यान्सर रोेग जस्तो विरामीहरुलाई सहयोग गर्दै आएकोले अझ विस्तृत रुपमा अगाडि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.